दाङ,२३ पुस ।विद्यालयमा कोरोना संक्रमण बढेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले पालिकाभित्रका सबै विद्यालय माघ ३ गतेसम्मका लागि बन्द गरेको छ । पालिकाले एक सूचना जारी गरी यस्तो जानकारी दिएको हो ।
तुलसीपुरमा हिजो एकैदिन ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये धेरै विद्यार्थी र शिक्षक रहेका थिए ।
बढ्दो संक्रमण, जाडो र माघीलाइ मध्यनजर गरी विद्यालय बन्द गरिएको पालिकाले जनाएको छ । यो बेलामा चालू आन्तरिक परीक्षा समेत बन्द हुनेछन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।