घोराही, २२ पुस । दाङको घोराहीमा बिआइएम क्रिकेट कप शुरु भएको तेस्रो दिन आज तीन छैठौं, सातौँ र आठौं खेल सम्पन्न भएका छन् ।
छैठोँ खेलमा महेन्द्र बहुमुखी क्याम्पस र ऐरावती क्याम्पसबीच भएको खेलमा ऐरावती क्या. ३ विकेटले विजयी भएको हो । ट्स जितेर ब्याटिङ रोजेको महेन्द्र क्याम्पसले निर्धारित १२ ओभरमा ६ विकेट गुमाउँदै ७६ रन बनाएर ऐरावतीलाई ७७ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउँदै ऐरावती क्याम्पसले ११.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेटाएर ३ विकेट विययी हुन पुग्यो ।
त्यस्तै सातौं खेलमा राप्ती शिक्षा क्याम्पस र गोर्खा स्कुल घोराहीबीच भएको खेलमा गोर्खा स्कुल ३२ रनले विजयी भएको हो । ट्स जितेर ब्याटिङ रोजेको गोर्खा स्कुलले निर्धारित १५ ओभरमा ८२ रन बनाउदै ८ विकेट गुमाएर राप्ती शिक्षालाई ८३ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउँदै राप्ती शिक्षा क्याम्पसले ५० रनमा आफ्ना सबै १० विकेट गुमाउदा ३२ रनले गोर्खा स्कुल विजयी भएको जानकारी प्राप्त भएको छ ।
त्यसैगरी आठौं खेलमा राप्ती बबई क्याम्प र लमही गोर्खाबीच भएको खेलमा लमही गोर्खा ४ विकेटले विजयी भएको हो । ट्स जितेर ब्याटिङ रोजेको राप्ती बबई क्याम्पसले १२.३ ओभरमै ३५ रन बनाउदा आफ्ना १० वटै विकेट गुमाएर लमही गोर्खालाई ३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ३६ रनको झिनो लक्ष्यलाई पछ्याउँदै लमही गोर्खाले ४ विकेट गुमाउँदै सो लक्ष्य भेटाएर ६ विकेटले खेल जितएको कार्यक्रमका संयोजक बिपिनमणी आचार्यले अनलाइनलाई जानकारी दिए ।
जिल्ला भित्र रहेका प्लटु र क्याम्पस/कलेजबीच मैत्रीपूर्ण क्रिकेट खेलमा पहिलो र दोस्रो दिन गरि पाँच खेल सम्पन्न भएका थिए । सो खेल २८ गते सकिने भएको छ ।
भोलि पनि तीन वटा खेल हुने भएका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।