• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षामन्त्री पौडेलद्धारा वीरगंजका चार विद्यालयमा अनुगमन




वीरगंज, २२ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वीरगंज महानगरपालिकाका चार विद्यालयमा अनुगमन गर्नुभएको छ ।
बिहीबार वीरगंजका मदरसा तौहिदूल ईस्लाम सलफिया माध्यमिक विद्यालय, त्रि–जुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालय, श्री नृसिंह माध्यमिक विद्यालय पिपरामठ र कुल्सुम लिल्बनात गल्र्स कलेजमा अनुगमन गर्नुभएको हो ।
अनुगमनका क्रममा विद्यालयका प्रध्यानाध्याकपहरुले भौतिक संरचना, एवम् शिक्षक दरबन्दीलागयतका विषयमा मन्त्री पौडेललाई ध्यानाकर्षण गराएका थिए ।
मन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र पढदै कमाउँदै कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाउने काम भएको बताउँदै विद्यालयलाई सहयोग गर्ने बताउनुभयो ।

देशभरका गुणस्तरीय पढाई भएका र सुधानुपर्ने विद्यालयको सूची तयार हुँदै गरेको बताउँदै समस्या भए लिखित रुपमा दिन मन्त्री पौडेलले आग्रह गर्नुभयो ।
सोही क्रममा वीरगंज महानगरपालिका विजय कुमार सरावगी, नेकपा माओवादी केन्द्र वीरगंजका इन्चार्ज रहबर अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments