• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कडा चेतावनी दिंदै अखिल (क्रान्तिकारी)द्वारा सिटिईभिटीलाई ६ बुदे मागपत्र पेश




दाङ, २२ पुस । नेत्र बिक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले विभिन्न माग राख्दै सिटिईभिटीलाई ६ बुदे मागपत्र पेश गरेको छ । अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा सिटिईभिटीका इन्चार्ज मदन केसीले बिहीबार एक माग पत्र जारी गर्दै नेपालमा मध्यमस्तरिय प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको CTEVT भ्रष्टाचारको अखडा र लुटेर खाने थलो भएको बताउदै उनले  विद्यार्थीका माग तत्काल पूरा गर्न सिटिईभिटीलाई ७ दिने अल्टिमेटम  दिएको बताएका छन्।

केसीले हस्ताक्षरित गरेको विज्ञप्तिमा भनिएको छ -` नेपालमा मध्यम स्तरिय प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको CTEVT भ्रष्टाचारको अखडा र लुटेर खाने थलो बनाइरहेका छन् । यससँग सम्बन्धित सरोकारवालाहरुको दम्भ र घमण्डका कारण महत्त्व र गुनस्तरमा ह्रास आइरहेको छ ।´

पछिल्लो समय CTEVT द्वारा अनुमती प्राप्त शिक्षा क्षेत्रमा देखिएको आर्थिक बिचलन, मनोमानी, अनियमितता, गैरजिम्मेवारिता जस्ता विषयहरुमा संगठनले ध्यानाकर्षण जनाउँदै उक्त विषयवस्तुलाई समेटेर यो ज्ञापनपत्र पेस गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्ता छन् मागहरु:
देशका विभिन्न ठाउँमा CTEVT द्वारा मान्यता प्राप्त छोटो अवधिका तालिम प्रदायक संस्थाहरुले विद्यार्थी, अबिभावकलाई TSLC स्तरको भनि भ्रमित पारेर लाखौं पैसा लुटिरहेका छन। यसको सत्यतथ्य छानबिन गरि लुटेरा संस्थाहरुलाई कार्वाही गर्नुपर्ने, छोटो अवधिका सम्पुर्ण कार्यक्रमहरुको बैज्ञानिक शुल्क निर्धारण गरि कडाई पुर्वक लागू गर्नुपर्ने, CTEVT सम्बन्धनको नाममा भएको भ्रष्टाचारका विषयमा प्रचारको सत्यतथ्य सार्वजनिक गरियोस् ।आर्थिक बिचलनमा बिबादास्पद स्तर उन्नतिका सबै कामहरु बन्द गर्नुपर्ने, CTEVT द्वारा निर्देशित बन्दाबन्दिका समयको शुल्क छुटको कार्यान्वयन नभएको हुदा तत्काल कार्यान्वयन गर्न लगाइयोस अन्यथा त्यस्ता संस्थालाई कार्वाही गर्नुपर्ने ,
CTEVT बाट डिप्लोमा तथा प्रमाणपत्र तह उतिर्ण गरेपश्चात समकक्षता बिना स्नातक तहमा पढ्नपाउँने ब्यवस्था गर्नुपर्ने
, विगतमा अखिल (क्रान्तिकारी) र CTEVT संग भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने मागहरू संगठनले सिटिईभिटीलाई पेश गरेको छ ।

यी मागहरु संगठनले वार्ता र सहकार्यबाटै समाधान गर्न चाहेको हुँदा विद्यार्थीका जायज मागहरु सिटिईभिटीले ७ दिन भित्र सम्बोधन गर्नुपर्ने र अन्यथा संगठनले चरनबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी दिएको छ । जसबाट उत्पन्न सम्पुर्ण समस्याहरुको जिम्मेवार स्वयम CTEVT हुनुपर्ने पनि विज्ञप्तिमा भनिएको छ ।

Facebook Comments