• १७ जेष्ठ २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सिस्नेका अङ्ग्रेजी शिक्षकलाई तालिम




मदन बिसी

रुकुमकोट,२२ पुस । रुकुम पूर्व सिस्ने गाउँपालिकामा शिक्षकहरुका लागि दुई दिने क्षमता विकास तालिम सञ्चालन भइरहेको छ । आधारभुत र माध्यामिक तह कक्षा ६ देखि १० सम्म अध्यापन गराउने अंगे्रजी विषयका शिक्षकहरुको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको हो ।

सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकाको सभा हल रुकुमकोटमा तालिम सञ्चालन भइरहेको छ । गाउँपालिकाभित्र रहेका अंग्रेजी विषयका शिक्षकहरुलाई थप दक्ष र सक्षम बनाउन तालिमको आयोजना गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले बताउनुभयो । भाषिक रुपमै जटिल तर अनिवार्य अंगे्रजी विषयका अप्ठयारा विषयवस्तुलाई केन्द्रमा राखि तालिमको सहजिकरण भइरहेको बुढाले बताउनुभएको छ ।

अंगे्रजी विषय भित्र रहेका जटिल विषयवस्तुको समस्या समाधान गर्न क्षमता विकास तालिमले महत्वपुर्ण भुमिका खेल्ने छ । तालिमले पठन पाठनमा सहजता ल्याइ शैक्षिक गुणस्तर सुधारमा सहयोग पुर्याउने गाउँपालिकाले अपेक्षा गरेको छ ।

क्षमता विकास तालिमको गाउँपालिका अध्यक्ष कुमारी बरालले उद्धघाटन गर्नुभएको छ । तालिम उद्धघाटन कार्यक्रममा उपाध्यक्ष गोबर्धन बुढा, प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहाल लगायत गाउँपालिकाका अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

क्षमता विकास तालिमको ताहाचल क्याम्पस काठमाडौका प्रध्यापक मणिराम शर्माले प्रशक्षिण दिइरहनु भएको छ, भने सहजिकरण शिक्षा शाखा प्रमुख बुढाले गरिरहनु भएको छ । आजबाट सुरु भएको तालिम भोलिसम्म चल्ने छ । तालिममा गाउँपालिका भित्रका १६ सामुदायिक र २ संस्थागत गरि १८ वटा विद्यालयका विषयगत शिक्षकहरुको सहभागिता रहेको छ ।

Facebook Comments