घोराही, २० पुस । दाङमा बिआइएम क्रिकेट कप शुरु भएको छ । घोराही–१५ मा रहेको अम्बेकेश्वरी क्याम्पस र भिएन कलेजको संयुक्त आयोजनामा घोराहीमा रहेको गुलरिया राष्ट्रिय खेलकूद मैदानमा आज एक कार्यक्रमका बीच सो कप शुरु भएको हो ।
अम्बेकेश्वरी क्याम्पसका प्रमुख चन्द्रप्रकाश खनालले बलिङ र भिएन कलेजका प्रमुख द्रोण खड्काले ब्याटिङ गरि क्रिकेट कपको उट्घाटन गरेका हुन् ।
आजदेखि शुरु भएको प्रतियोगितामा पहिलो र दोस्रो गरि दुई वटा खेल सकिएका छन् ।
पहिलो खेलमा घोराहीको गोर्खा स्कुल र दीपशिखा स्कूलबीच भएको खेलमा दीपशिखा स्कुल १०७ रनले विजयी भएको हो । खेलमा विषम थापाले ३८ बलमा ६८ रन जोड्न सफल भएका थिए । थापा खेलका उत्कृष्ट खेलाडी समेत बनेका छन् ।
त्यस्तै दोस्रो खेलमा मावि जन्द्रागाउँ र ऐरावती क्याम्पसबीच भएको खेलमा ऐरावती क्याम्पस ७ विकेटले विजयी भएको हो । खेलमा सुमनले ३.२ ओभरमा ८ रन खर्चेर ५ विकेट लिएका थिए ।
अम्बेकेश्वरी क्याम्पस आइटी इन्चार्ज तथा कार्यक्रम संयोजक बिपिनमणी आचार्यको अध्यक्षता एंम घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ निवर्तमान अध्यक्ष सबिन पृयासन, क्रिकेट एशोसियसन दाङका अध्यक्ष प्रदीप मजगैया, भिएन कलेजका प्रमुख द्रोण खड्काको उपस्थिति रहेको थियो ।
जिल्ला भित्र रहेका प्लटु र क्याम्पस/कलेजबीच मैत्रीपूर्ण क्रिकेट कपमा १० टिमले सहभागिता जनाएका छन् । खेल २८ गते सकिने कार्यक्रमका संयोजक बिपिनमणि आचार्यले जानकारी दिए ।
अम्बेकेश्वरी क्याम्पसका प्रमुख चन्द्रप्रकाश खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण क्याम्पसका विद्यार्थी बालकृष्ण थापाले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।