• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पर्यावरण जोगाउन दाङमा स्पेस समूह गठन, गठनकै दिन सडक सफाई




सेभ प्लानेट बाई अडाप्टिङ क्लिन इन्भाइरोमेन्ट (स्पेस) नामक समूहले आफ्नो गठन भएको पहिलो दिन सोमबार घोराहीमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

वातावरणमैत्री विकासलाई जोड दिँदै प्रकृतिलाई भावी पुस्ताका लागि बचाई राख्न यस्तो समूहको आवश्यकता रहेको बताउँदै समूहका संयोजक हरिप्रसाद पौडेलले भन्नुभयो, ‘नयाँ पुस्तालाई पर्यावरणको वर्तमान अवस्था र अबको दायित्व बुझाउन यस्ता कार्यक्रमले सहयोग पुग्दछ ।’ दाङमा क्रियाशील ५३ जना युवा विद्यार्थीहरू स्पेस नामक समूह गठन गरी वातावरणका क्षेत्रमा कार्य गर्ने जमर्को गरेका हुन् ।

आफ्नो स्थापनाको दिन मै यस संस्थाले घोराहीस्थित माउन्ट भ्यू विद्यालयसँगको सहकार्यमा मा वि रझेना देखि निमाहल सडकसम्मको बाटोमा सरसफाई कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रम समापनको अवसरमा बोल्नुहुँदै माउन्ट भ्यू विद्यालयका संयोजक धनिराम न्यौपानेले भन्नुभयो, ‘युवा विद्यार्थीको सक्रिय सहभागिताले समुदायलाई राम्रो सन्देश दिएको छ ।’

संस्थाका सदस्य सविना आचार्यले भन्नुभयो, ‘यो कार्यक्रम प्रतीकात्मक मात्र हो । हामीले सरसफाइ र वातावरण संरक्षण कार्यलाई हाम्रो जीवनको हरेक क्षेत्रमा अपनाउनु पर्छ ।’

सरसफाई कार्यक्रमको लागि आवस्यक सामग्रीहरू माउन्ट भ्यू विद्यालयका अध्यक्ष रमेश लम्सालले हस्तान्तरण गर्नुभएको थियो।

Facebook Comments