• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को अध्यक्षमा पन्चराम




घोराही, १८ पुस । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)दाङ जिल्लाको प्रथम सम्मेलन सम्पन्न भएको छ । महासंघको आयोजनामा आइतबार घोराहीमा सो सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनले पन्चराम नेपालीको अध्यक्षमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा भिमबहादुर बुढाथोकी, सचिबमा विष्णु सुवेदी, सह- सचिबमा बालकृष्ण खरेल, कोषाध्यक्षमा खुसलाल चौधरी, सदस्यहरुमा देबीराम बिक, धनिराम चौधरी,खुशीरा यादब, टेकबहादुर वली,वसन्त चौधरी, खिम रावल,भिमकान्त देबकोटा लगायत चयन भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङका इन्चार्ज शीतले महासंघ एउटा किसानहरुले छाता संगठन भएको बताए । उनले किसानहरुको क्षेत्र फराकिलो भएकालेे जिल्लामा महासंघको आबश्यकता रहेको बताउदै सबै किसानहरुलाई संगठित गर्नका लागि जिल्लाभित्रका पालिकाहरुमा घटक संगठनहरु निर्माण गर्नुपर्ने प्रष्ट पारे । बर्गीय समाजमा बर्ग बिभाजित हुने र किसानका समस्या हल गर्न संगठनको सबैभन्दा प्रमुख हतियार मानव भएको हुँदा गाउँ-गाउँ , बस्ती-बस्तीमा किसानका संगठनहरु बनाउनुपर्ने नेता शीतलको भनाइ थियो ।
पार्टी एकीकृत जनक्रान्तीको कार्यदिशाबाट नेपालमा बैज्ञानिक समाजवाद निर्माण गर्ने रणनीतिका साथ अगाडि बढिरहेको उनले जिकिर गरे । नेपालमा संसदीय पार्टीहरु असफल भएसँगै तिनका संसदीय ब्यबस्था र राज्यसता पनि असफल सिद्ध भएकोहुँदा यसको विकल्पमा बैज्ञानिक समाजबादी ब्यबस्था स्थापना गर्नुपर्ने उनले बताए ।
अहिले पार्टीले जनमतसंग्रहको कार्यनीति लिएर अगाडि बढेको हुँदा संसदीय ब्यबस्था ठिक कि बैज्ञानिक समाजवद ठिक भन्ने अधिकार जनतालाई दिनुपर्ने र जनमतसंग्रह दिएरमात्र हैन खोसेर भएपनि ल्याउनुपर्ने उनले प्रष्टाए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष कालिबहादुर शाहीले ६५ प्रतिशत भन्दा बढी किसानहरु नेपालमा रहेको बताए । किसानका समस्याहरु अहिलेसम्म उस्तै रहेका र अनुदान के हो भनेर थाहा नहुने गरेको उनले प्रष्ट पारे । किसानमा चेतनाको कमिले गर्दा एकता हुन नसकेकोहुँदा अब किसानका हक र अधिकार स्थापना गर्नका लागि सहिद हुन तयार रहनुपर्ने उनको भनाइ थियो । नेपालमा दलालीकरणको अन्त्य नभएसम्म कृषि प्रधान देश नहुने समेत उनले उल्लेख गरे ।

नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदीप वलीले दलालपूँजीवादी र भुमाफियाको स्वामित्वमा रहेको जमिन किसानको हातमा ल्याउनुपर्ने बताए । संगठनले जिल्लाभित्रका किसानलाई संगठित गर्ने र पार्टीको कुरा जनतामाझ संगठन मार्फत लैजानुपर्नेमा जोड दिए । पार्टीले असफल संसदीय ब्यबस्थाको विकल्पमा जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने भएकाले संगठनले जनतामा पार्टीका कुरा स्पष्ट रुपमा राख्नुपर्ने नेता प्रदीले प्रष्ट पारे । वैज्ञानिक समाजवादबाट मात्र किसानका समस्या र अधिकार पूरा हुने उनको भनाइ थियो ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनीका इन्चार्ज दीपक विष्ट, अखिल नेपाल कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष नरबहादुर रोका , अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य केशव थापा, अनेम संघ (क्रान्तिकारी) दाङका अध्यक्ष रेखा रोका, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा दाङको इन्चार्ज अम्मर खड्का, राष्ट्रिय जागरण मन्चका केन्द्रीय सदस्य मंगल चौधरी,अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य मंगल,, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का सल्यानका गिरदिल बस्नेत, थारु मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष चुलुवा चौधरी, श्रमिक समुदाय मुक्ति मोर्चा दाङका सदस्य रामप्रसाद , जनपत्रकार संगठन नेपाल दाङको जिल्ला उपाध्यक्ष जंगबहादुर रेउले, अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासंघ दाङका उपाध्यक्ष दिनेश नेपाली, युवा संगठन नेपाल दाङ जिल्ला सचिवालय सदस्य पदम चन्दले शुभकामना मन्तव्य राखेका थिए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का दाङका संयोजक पोषण बस्नेतको अध्यक्षता एवं नेकपाका केन्द्रीय सदस्य तथा दाङका इन्चार्ज शीतलको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा सम्मेलनमा नेकपा घोराही नगर इन्चार्ज निर्मल, अन्य पालिका इन्चार्जहरु तथा जिल्लाका जनवर्गीय संगठनका अध्यक्ष / प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

भिमबहादुर को स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विष्णुप्रसाद सुबेदीले गरेका थिए ।

Facebook Comments