• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कामी बुढा पार्कमा साताब्यापी खेलकूद तथा सांस्कृतिक कार्यक्रम हुने




लोकेन्द्र कठायत
परम्परागत पापिनी मेला तथा माघे संक्रान्तिको अबसरमा मुसीकोट नगरपालिका वडा नम्बर १० को सहीद कामी बुढा–बिजय–छहरा युवा क्लबले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

वडाको सहीद कामी बुढा स्मृति पार्क खर्सुपानीमा खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । पुष २४ गते देखि माघ १ गतेसम्म संचालन हुने गरी खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ । मेलाको अवसरमा खेलकुद तथा कार्यक्रम संचालन गर्न वडा कार्यालयले मुख्य सहयोग गर्नेभएको छ भने अन्य व्यक्तिहरुले पनि सहयोग गर्ने भएका छन् ।

मेलाको अवसरमा महिला पुरुष भलिबल, रसाकसी, लोकदोहोरी, सामुहिक नृत्य, एकल नृत्य, भाले तान्ने, घैटो फोर लगायतका प्रतियोगिता आयोजना गरेको छ । यसका अलावा मेलामा स्थानीय पापिनी नाच, पैसेरु नाच लगायतका नाच पनि प्रस्तुत हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार खेल शुद्ध वडा स्तरीय हुनेछ । सम्पूर्ण खेलाडीले अनिवार्य रुपमा नागरिकता पेस गर्नुपर्ने छ । पुरुष भलिबलको विजेताले नगद ५० हजार सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप विजेताले नगद २५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

सेमिफाईनलमा पुग्ने २ टिमले समान १०/१० हजार नगद सहित कप, मेडल र प्रमाण पत्र पाउने छन् । महिला भलिबलको विजेताले भने नगद १५ हजार कप, मेडल र प्रमाण पत्र, उप विजेताले नगद १० हजार कप, मेडल र प्रमाण पत्र तथा सेमिफाईनलमा पुग्ने २ टिमले समान ५/५ हजार, कप, मेडल र प्रमाण पत्र पाउने आयोजक क्लवका अध्यक्ष नरेन्द्र कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य प्रतियोगिताका विजेतालाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

Facebook Comments