• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुर खानेपानी निर्वाचन: कोषाध्यक्षबाहेक सबैमा संयुक्त प्यानल बिजयी




तुलसीपुर, १८ पुस ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वमा अध्यक्षसहित अधिकांश पदमा संयुक्त प्यानलका उमेदवार बिजयी भएका छन् ।

शनिबार भएको निर्वाचनको आइतबार (आज) सार्वजनिक मत परिणाम अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई सदस्य संयुक्त प्यानलबाट बिजयी भएका छन् । बाँकी कोषाध्यक्ष पदमा भने बागी उमेदवारको जित भएको छ । संयुक्त प्यानललाई नौ दलको समर्थन रहेको थियो ।

अध्यक्षमा निर्वाचित हुने यमकान्त भण्डारीले १९८६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी पवनराज बुढाथोकीले १७६७ मत प्राप्त गर्नुभएको छ । अर्का प्रतिद्वन्द्वी दिपक कुमार धितालले २६४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्ष पदमा २२७२ मतका साथ सिताराम शर्मा बिजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी गिरीधारी प्रसाद पौडलले १४८५ र पुणर्प्रसाद धितालले ७१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सचिव पदमा उमेदवार सेवकराम भण्डारी बिजयी हुनुभएको छ । उहाँले २८३८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी दामोदर लामीछानेले ६८४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी कोषाध्यक्ष पदमा भोलाप्रसाद थापा बिजयी हुनुभएको छ । उहाँले १७०२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी भद्रबहादुर वलीले १५१६, मेघराज न्यौपानेले ३०४ र कणर् बहादुर वलीले ८७ मत प्राप्त गर्नुभएको छ । यद्यपी घोषणा हुन बाँकी छ ।

त्यस्तै सदस्य पदमा लक्ष्मण केसी र पदमबहादुर खड्का बिजयी हुनुभएको छ । केसीले २४६४ मत प्राप्त गर्नुभएको छ भने खड्काले २०७८ मत प्राप्त गर्नुभएको छ । पराजित शोबिन्द्र चन्दले १३११ मत प्राप्त गर्नुभएको छ । संस्थाको कुल मतदाता संख्या ७ हजार चार सय ६७ रहेकोमा ४ हजार ४ सय ५ मत खसेको थियो ।

Facebook Comments