• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अभिभावक महासंघ लुम्बिनी प्रदेशको प्रथम साधारण सभा सम्पन्न




श्रवण कुमार यादव
देउखुरी १८, पुस। नेपाल अभिभावक महासंघ लुम्बिनी प्रदेश समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ । समितिले लमहीको रातोडाँडामा रहेकोे उघोग वाणिज्य संघको सभाहलमा शनिबार एक कार्यक्रमका बीच सो सभा सम्पन्न गरेको हो।

उक्त साधारण सभामा नेपाल अभिभावक महासंघ लुम्बिनी प्रदेशस्तरीय कमिटी पुनर्गठन भएको छ। लुम्बिनी प्रदेशमा १२ जिल्लाको प्रतिनिधिमा १७ सदस्यीय नेपाल अभिभावक महासंघ लुम्बिनी प्रदेश गठन गरिएको हो।
महासंघको अध्यक्षमा गुल्मीका हेम बहादुर थापा चुनिएका छन भने उपाध्यक्षमा अर्घाखाँचीबाट राम बहादुर रायमाझी, महिला उपाध्यक्षमा रुकुमबाट दिल कुमारी मल्ल, सचीवमा रुपन्देहीबाट झबिन्द्र प्रसाद पौडेल सहित १७ सदस्यीय पदाधिकारी निर्बिरोध निर्वाचित भएका छन।

सभामा लुम्बिनी प्रदेशको कमिटी पुनर्गठन र उहि साधारण सभाको समाप्तिपछि उक्त सभाबाटै नेपाल अभिभावक महासंघ दाङ जिल्लाको जिल्ला समिति गठन गरिएको छ। उक्त सभाले दाङ जिल्लाको समितिका अध्यक्ष भुमाण्डप के.सी., उपाध्यक्ष मोहन कुमार पाण्डे, महिला उपाध्यक्ष जया रोवल, सचिव दिपक कुमार यादव, कोषाध्यक्ष किसान भट्टराई र सह-सचिव लक्ष्मी चौधरी लगायत सदस्यहरूमा रमेश मान रोका, कल्पना घिमिरे, तारा प्रसाद चौधरी, कृष्ण प्रसाद गैरे, हरी कुमार यादव, सपना कुवर, उमाकान्त पन्थ, टंक बहादुर कुमाल, महेश कुमार अधिकारी लगाएत १५ समिति नेपाल अभिभावक महासंघको संयोजक लोकनाथ ज्ञवाली, सदस्य नित्यनन्द ज्ञवाली र सदस्य अविड प्रसाद पौडेलको निर्वाचन मण्डलमा निर्बिरोध गठन भएको हो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल अभिभावक महासंघका केन्द्रिय अध्यक्ष सुप्रभात भण्डारीको, विशेष अतिथि नेपाल अभिभावक महासंघका केन्द्रिय महासचिव कुमार के.सी., अतिथिहरु नेपाल अभिभावक महासंघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, सुमित्रा न्यौपाने, प्रदेश शिक्षा निर्देशनालयका शा.अ. माधव पोख्रेल, गौरव महरा नेपाल अभिभावक महासंघका कार्यसमिति सचिव दुर्गा गौतम र अध्यक्ष दिलकुमारी मल्ला लगाएतका अन्य उपस्तिथिहरु रहेको थियो।

नेपाल अभिभावक महासंघ लुम्बिनी प्रदेश महासंघका अध्यक्ष हेम बहादुर थापाको अध्यक्षतामा र महासंघका केन्द्रिय अध्यक्ष सुप्रभात भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल अभिभावक महासंघ लुम्बिनी प्रदेश सचिवालय सदस्य भुमाण्डप के.सी. को स्वागत मन्तव्य रहेको थियो। कार्यक्रममा कार्यक्रमका अध्यक्ष लगाएत अन्य अतिथिहरु नवनिर्बिरोध निर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो भने कार्यक्रमका संचालन महासंघका रुपन्देही जिल्ला सचीव हेम बहादुर थापालेले गरेका थिए।

Facebook Comments