घोराही, १७ पुस । दाङमा बिआइएम क्रिकेट कप सञ्चालन हुने भएको छ । घोराही–१५ मा रहेको अम्बेकेश्वरी क्याम्पस र भिएन कलेजको संयुक्त आयोजनामा पुस २० गतेबाट घोराहीमा रहेको गुलरिया राष्ट्रिय खेलकूल मैदानमा बिआइएम क्रिकेटकप २०७८ शुरु हुने भएको हो ।
जिल्ला भित्र रहेका प्लटु र क्याम्पस/कलेजबीच मैत्रीपूर्ण क्रिकेट खेल यही पुस २० गतेदेखि २८ गतेसम्म चल्ने अम्बेकेश्वरी क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालले जानकारी दिएका छन् ।
खेलमा प्रथम स्थान हासिल गर्नेलाई नगद २० हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी तथा दोस्रो स्थान हासिल गर्नेलाई नगद १० हजारसहित प्रमाणपत्र मेडल र ट्रफी प्रदान गरिने अम्बिकेश्वरी क्याम्पसले जनाएको छ ।
मैत्रीपूर्ण क्रिक्रेट खेलका लागि दर्ता शुल्क पाँच सय तोकिएको छ भने खेलमा सहभागिता जनाउनका लागि पुस १८ गते साँझ ४ बजेसम्म टिम दर्ता गरि सक्नुपर्ने र पुस १९ गते बिहान ११ बजे खेलका लागि टाइसीट तानिने क्याम्पसले जनाएको हो ।
क्रिक्रेट खेलको संरक्षण तथा प्रवर्धन गर्नको लागि अम्बिेकेश्वरी क्याम्पस र भिएन कलेजले संयुक्त रुपमा प्रत्येक वर्ष क्रिक्रेट कपको सञ्चालन गर्ने पनि सिस्ने अनलाइनलाई जानकारी प्राप्त भएको छ ।
के हो बिआइएम ?
आइटी र म्यानेजमेन्टको संयुक्त कोर्ष हो, बिआइएम । त्रिभूवन विश्वविद्यालयले लञ्च गरेको बिआइएम कोर्ष सूचना प्रविधि र व्यवस्थापनसँग जोडिन पुगेका कारण यसको महत्व अझै बढेर गएको छ । प्लस टूपछि ब्याचलर्स अफ इन्फर्मेसन म्यानेजमेन्ट (बिआइएम) पढ्न सकिन्छ । त्रिभुवन विश्वविद्यालयले आइटी र म्यानेजमेन्टका विविध पक्षलाई समायोजन गरेर व्यवस्थापकीय ज्ञान भएको आइटी प्रोफेसनल बनाउने उद्देश्यसाथ बिआइएम कोर्ष डिजाइन गरेको छ । नेटवर्क तथा इन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर डिजाइन, डेभलपमेन्ट र बिजनेस एनलाइसिस तथा म्यानेजमेन्टमा यो कोर्षले विशेष जोड दिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
