• ५ आश्विन २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देउखुरीमा सोलार सिस्टमबाट सिचाई तथा खानेपानी




तिर्थराज ज्ञवाली
दाङ, १६ पुस । राप्ती गाउँपालिकाको कार्यालय तथा नामसालिङ सामुदायिक विकास केन्द्रको सहकार्यमा वडा नं १ को माछिताल र खर्कमा सोलार सिस्टम बाट सिचाई तथा खानेपानीको काम सञ्चालन भैरहेको छ ।
वडा नं १ का दुई विकट बस्तीमा खानेपानी तथा सिंचाईको सर्बसुलभ सेवा प्रदान गर्ने उदेश्यका साथ सोलार लिफ्टिङ खानेपानी तथा सिंचाईको ब्यवस्था गरिएको हो ।
निर्माण सम्पन्न भएको माछितालको सोलार लिफ्टिङ सिंचाई र निर्माणको अन्तिम चरणमा रहेको खर्कको खानेपानी योजनाको निरिक्षण गाउँपालिका स्तरिय सरोकारवाला प्रर्तिनिधिहरुको स्थलगत प्रगति अनुगमन सहितको समन्वय बैठकद्धारा गरिएको हो ।
माछितालको सिचाई अवस्थाको अवलोकन पछि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले नागरिकको सेवाका लागि सिचाईको ब्यवस्था गर्दा जिवन स्तरमा समेत सुधार ल्याउन सकिएको र थप खानेपानीको समेत ब्यवस्था गरिने बताउनु भएको छ ।
अध्यक्ष सुवेदिले माछिताल सुख्खा क्षेत्र भएकोमा सोलार सिचाईले गर्दा गहु, मकै तरकारी उत्पादन तथा सरसफाईमा समेत सहजता पुगेको बताउनु भएको छ ।
निर्माणको अन्तिम चरणमा रहेको खर्कको खानेपानी योजनाको स्थालगत अनुगमन पश्चात उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले नागरिकको नैसर्गिक अधिकार खानेपानी तथा सरसफाईलाई पुर्णता दिन खानेपानीको योजना सञ्चालनमा ल्याईएको बताउनु भएको छ ।
माछिताल र खर्कमा सिचाई तथा खानेपानीको काम गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्र दाङका प्रमुख शशांक वावु आचार्यका अनुसार माछितालको सिचाईका लागि करिव २८ लाख रुपैया लगानी गरिएको छ जसमा गाउँपालिका तथा वडा नं १ ले १५ लाख, नामसालिङको १० लाख र स्थानिय नागरिकको ३ लाख लागतमा निर्माण सम्पन्न गरिएको हो । साथै खर्कको खानेपानी योजनामा गाउँपालिकाको ९ लाख र नामसालिङको ६ लाख लगानि रहेको छ ।
स्थानिय वगासोति खोलामा निस्कीएको मुललाई ब्यवस्थित तवरले संरक्षण गरि २ स्थानमा रिजर्भएर टंकी निर्माण गरि खानेपानी योजना सञ्चालन गरिन थालीएको छ । अटोमेटिक सोलार सिस्टम वाट पानी सञ्चालन हुने प्रविधि मार्फत पानी वितरण गरिने केन्द्र दाङका प्रमुख शशांक वावु आचार्यले जानकारी दिनु भएको छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, वडा अध्यक्ष तारा बहादुर डिसी, विष्णु बहादुर घर्ति क्षेत्रि, लेखा अधिृकत धन प्रसाद शर्मा, सव ईन्जिनियर प्रदिप बैदिक, वडा सदस्य पुर्ण जंग रेश्मी, नामसालिङ सामुदायिक विकास केन्द्र दाङका प्रमुख शशांक वावु आचार्य, सञ्चार संयोजक तिर्थराज ज्ञवाली लगायतको सहभागितामा गाउँपालिका स्तरिय सरोकारवाला प्रर्तिनिधिहरुको स्थलगत प्रगति अनुगमन सहितको समन्वय बैठक गरिएको हो ।
Facebook Comments