• १० श्रावण २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गोरखा कप भलिबल प्रतियोगिता शुरु




गोरखा ग्रुपको आयोजनामा गोरखा कप भलिबल प्रतियोगिता शुरु भएको छ ।

गोरखा ग्रुप दाङका उपाध्यक्ष बिष्णुप्रसाद घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीले प्रतियोगिता उद्घान गर्नुभएको थियो ।

कार्यक्रममा गोरखा ग्रुपका एकेडेमिक डाइरेक्टर दुर्गाबहादुर केसी, एचआर डाइरेक्टर उत्तम घिमिरे, गोरखा ग्रुप सञ्चालक समिति सदस्य बालकृष्ण रोका, दाङ जिल्ला भलिबल प्रशिक्षक भीम डाँगी र टेकबहादुर विश्वकर्मा, गोरखा सञ्चालक समिति सदस्य तथा गोरखा मावि घोराहीका प्रिन्सिपल मानसिंह घर्ती, प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष तथा गोरखा मावि तुलसीपुरका प्रिन्सिपल बिजय जीएम, गोरखा मोडेल कलेज तुलसीपुरका प्रमुख वेदप्रकाश भट्टराई, गोरखा घोराहीका फाइनान्स डाइरेक्टर ज्ञानदेव मिश्र, गोरखा घोराहीका साइन्स कोर्डिनेटर बामदेव पोख्रेल, म्यानेजमेन्ट डाइरेक्टर एमबी केसी, गोरखा तुलसीपुरका साइन्स कोर्डिनेटर बिष्णु भण्डारी, म्यानेजमेन्ट डाइरेक्टर डम्बर डाँगी, गोरखा लमहीका कोर्डिनेटर प्रकाश रिजाल, शंकर धिताल, लोकबहादुर बुढा, यम डाँगी, ज्ञानमायाँ पुन, मोहन सुनार, सुरज केसी, रामप्रसाद बुढा र झलक रसाइलीले बोल्नुभएको थियो ।

गोरखा घोराहीका प्रिन्सिपल मानसिंह घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालक शिक्षक शोभाकर पन्थीले गर्नुभएको थियो । उद्घाटन खेलमा गोरखा घोराहीले गोरखा लमहीलाई पराजति गरेको थियो ।

Facebook Comments