• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही नगरसभा बहुमतले पारित गर्न खोजिएकोप्रति  कांग्रेसको ध्यानाकर्षण




दाङ, १५ पुस । घोराही उपमहानगरपालिकाले दशौ नगर सभामा छलफल नै नगरी बहुमतको आधारमा पारित गर्न खोजिएकोप्रति नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाका नगर सभापति तिलक रावतले बिहीवार विज्ञप्ति जारी गरी यस्तो जनाएका हुन् । नगर सभाको यही पुस ११ गते बसेको बैठकमा नगर सभाका सदस्यहरुले उठाएका विषयवस्तुहरु छलफल नै नगरी बहुमतको आधारमा नगर सभा सम्पन्न गर्न खोज्नु संसदीय व्यवस्थामा नै प्रहार भएको विज्ञप्तिमा भनिएको छ ।
लोकतान्त्रिक शासनको संरक्षण, सम्पूर्ण विचारको प्रतिनिधित्व विधिको शासन र समृद्ध घोराही उपमहानगरपालिका निर्माणको लागि पुनः विशेष नगरसभाको आह्वान गरी सहमतिको खोजी गर्दै छलफलको माध्यमबाट पारदर्शिता, स्वच्छता र विभेदविना नगर निर्माणका लागि विधिवतरुपमा नगरसभा सञ्चालन गर्न समेत माग गरिएको छ ।

Facebook Comments