• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बबईको आधारभूत बिद्यालयमा लागेको ताला खुल्यो




घोराही,१४ पुस । दाङको बबई गाउँपालिका- ५ बवरपुरमा रहेको जनता आधारभूत विद्यालयमा अभिभावकहरुले लगाएको ताला सहमति खोलिएको छ ।
विद्यालमा भएको एकल निर्णय, पठनपाठन अस्तब्यस्त लगायका समस्या भएको भन्दै गत बिहीबार अभिभाबकहरुले खिमबहादुर केसीको नेतृत्वमा लगाएको ताला आज स्थानीय सरकार, बुद्धिजीवी, राजनीतिक दल, विद्यार्थी र अभिभावकबीच संयुक्त छलफल गरि सहमतिमा खोलिएको हो ।

विद्यालयमा बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल र गाउँ शिक्षा समितिका प्रमुख मोहन लाल दाहल र सबै राजनीतिक दलका प्रमुख प्रतिनिधि, अभिभाबक बुद्दिजीबी, शिक्षक र बिध्यार्थीहरुबीच संयुक्त छलफल गरी दुई वटा निर्णय गरी ताला खोल्ने सहमति भएको थियो ।
संयुक्त रुपमा भएको छलफलले विद्यालय ब्यबस्थापनमा केही दलहरुको उपस्तिथिमा र प्रअको भनाईंमा कोठामा बसी गरेको निर्णय बदर गर्दै सोच्छ चुनाबी प्रतिस्पर्धा गरी निर्बाचन प्रकृया पुरा गर्नेगरी आजका मितिदेखि २०७८ पौस२१ गते भित्र निर्बाचन गराई ब्यबस्थापन समिति गठन गर्नुपर्ने र विद्यालय भित्र भएको अनियमिततालाई तत्काल छानबिन गरी काम कार्बाही अगाडि बढाउने निर्णय गरिएको छ ।
साथै निर्वाचन प्रक्रियालाई पुरा गर्नका लागि बबईगाउँ शिक्षा कार्यालयका प्रमुख मोहनलाल दाहलको संयोजक तीन सदस्यीय मूल समिति गठन गरिएको छ ।

तालाबन्दीले गर्दा पठनपाठन अबरुद्ध भएको भन्दै बिधार्थीहरुले आज बबरपुरको बजारदेखि विद्यालयसम्म प्रदर्शन गरेका थिए । बिद्यालयमा बिषयगत पठनपाठनमा शिक्षकको ब्यबस्था गर, बिद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर , विद्यार्थीको अधिकार सूनिश्चित गर, सहमतिमा विद्यालयमा शिक्षा नीति ग्यारेन्टी गर जस्ता लेखिएका प्लेकार्ड बोकेर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

Facebook Comments