घोराही ,१४ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे १५ औं अधिवेशनसम्पन्न भएको छ ।
मंगलबार घोराहीमा सम्पन्न अधिवेशनले मधुसुदन केसीको अध्यक्षमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा विजय जि.एम. उपाध्यक्षमा चक्रबहादुर रावत र राजु यादव, सचिवमा आदिम के.सी., काेषाध्यक्षमा पाेषण न्याैपाने, सहसचिवमा डिआर भण्डारी, विकास रजाैरे र सहकाेषाध्यक्षमा टिम अधिकारी निर्विरोध चयन भएका हुन् ।
त्यस्तै सदस्यमा विष्णुमणि देवकाेटा, विमल अधिकारी , विजय गाैतम, निमानन्द गैरे, विलाेचन चाैधरी, पुस्करदेव चाैधरी,शर्मिला याेगी, हरि वली,पार्वती भुसाल र कृष्णदेव पाेख्रेल चयन भएका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।