श्रवण कुमार यादव, देउखुरी १४ पुस । नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी) निकट अन्तर्गत अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) ले राप्ती गाउँपलिकामा गठन गरेको छ।
मंगलबार राप्ती गाउँपालिकामा भएको (क्रान्तिकारी) को भेलाले राज विकको अध्यक्षमा १० सदस्यीय गाउँ कमिटी गठन गरेको हो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रिय सदस्य केशव थापा, राप्ती गाउँपालिकाको सेक्रेटरी तथा इन्चार्ज कमरेड विजय वलि र अखिल नेपाल किसान महासंघ अभियान टिमको अध्यक्ष कमरेड पोषण लगाएतले गाउँपालिकामा कृषि र कृषकका समस्या तथा त्यसको समाधानमा महासंघले खेल्नुपर्ने भूमिकाको बारेमा आफ्ना-आफ्ना धारणा राख्दै नवगठित समितिलाई बधाई तथा शुभकामना दिइएका थिए।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) केन्द्रिय सदस्य कमरेड केशव थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा उक्त पार्टी निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) का केन्द्रिय सदस्य कमरेड नन्दु वलि, दाङ जिल्ला विशेष कमिटी सदस्य तथा राप्ती गाउँपालिका वडा ५ का वडा इन्चार्ज कमरेड आदित थापा, त्यसैगरी दाङ जिल्ला युवाको सह-सचीव कमरेड अजय दुलाल र राप्ती गाउँपालिकाका वडा इन्चार्ज कमरेड बम बहादुर कार्की, नब राज बि.क. लगाएतका आतिथ्यहरुको उपस्थिति रहेको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।