घोराही, १३ पुस । घोराही उपमहानगरपालिका १४ नं. वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारी भएको छ । वडाले आगामी माघ १५ सम्म वडालाई बालमैत्री वडा घोषणा गर्ने गरी मंगलबार अर्थात् आजबाट काम सुरु गरेको हो ।
त्यसका लागि बालमैत्री वडा घोषणा अभियान संचालन कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ । वडास्तरिय सक्षम आमा समुहको सहयोगमा आज वडा कार्यालयले ¥यालीको समेत आयोजना गरी अभियानको सुरुवात गरेको हो । वडा कार्यालयबाट सुरु भएको ¥र्यालीले राप्ती टोल,बालमन्दिर चोक, हुदै विभिन्न स्थानको परिक्रममा गरेको थियो । त्यस अबसरमा विभिन्न तरकारी पसल,होटल,खाद्यान्न पसलहरुमा बाल श्रमिक राखिएको छ छैन भन्ने बारेमा अनुगमन गरिएको थियो ।
अभियानको उद्घाटन गर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले आफ्ना बालबालिकालाई अनिवार्य विद्यालय पठाउँन,बाल श्रमिक नराख्न समेत सम्पूर्ण सर्वसाधारणलाई आग्रह गर्नुभयो । कुनै व्यक्ति वा संघ संस्थाले बालवालिकालाई बाल श्रमिकका रुपमा प्रयोग गरेको पाईए कानुन बमोजिम कारर्वाही गर्ने जानकारी दिनुभयो । वडा कार्यालयले भोली देखि नै वडाका सम्पूर्ण टोल विकास संस्था,बिद्यालय,सामाजिक संघ संस्थाहरुमा बालमैत्री छन्, छैनन् भनि अनुगमन गरिने अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।