• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही उपमहानगरपालिकाको १० औं नगर सभा बहिष्कार




घोराही, १२ पुस । घोराही उपमहानगरपालिकाको १० औं नगर सभा बैठक सभासदहरुले बहिस्कार गरेका छन् । बिग्रेको गाडीमा तेल हाल्न पाइँदैन, अनियमिता गर्नेलाई कारबार्हि गर, उपमहानगरलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउन पाईदैन लगाएतका नारा लाउँदै बैठक बहिस्कार गरेका हुन् ।

सरसफाई शाखाको एउटा गाडी बिग्रीएर थन्किएको अवस्थामा पनि इन्धन प्रयोग भएको पाइएको थियो । यसका लागि उपमहानगरपालिकाले छानबिन समिति बनाएर सो समितिले प्रतिबेदन समेत बुझाइसक्दा समेत अनियमितामा संलन कर्मचारीमाथि कारबार्हि नभएका कारण सभासदहरुले नगरसभामै नाराबाजी गरेका थिए ।

नगरमा भएका गलत कुराहरु पहिलेदेखी नै उठाइरहे पनि सुनुवाई नभएको भन्दै नगरसभा बैठक बहिस्कार गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष भीमबहादुर सार्कीले जानकारी दिनुभएको छ । बिग्रीएको गाडीमा तेल प्रयोग गर्नेलाई बारकाही हुनुपर्ने उहाँको अडान छ ।

साथै नगरसभा बहिस्कार गर्ने सभासदहरुले बैधानिक तरिकाले पुनः नगरसभा बैठक सञ्चालन गर्न समेत माग गर्दै उपमहानगरपालिकामा हस्ताक्षर सहितको निवेदन दर्ता गराएको वडा नम्बर १४ का वडा अध्यक्ष शक्तिराम डांगीले जानकारि दिनुभएको छ ।।

Facebook Comments