दाङ, ११ पुस । राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । दैनिक तीन पटक गरेर १५ दिन बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
सल्यान–दाङ सडकखण्डमा पर्ने कपुरकोट–चोरखोला सडकखण्डमा सडक स्तरोन्नति हुन लागेकोले सडक बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको हो । आजबाट लागु हुनेगरी २५ गतेसम्म सडक बन्द हुने र स्तरोउन्नतिको काम चल्नेछ ।
दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सडक बन्द हुनेछ । यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट–पैयाखोर डाइभर्सनको रुट प्रयोग गर्न सक्ने समेत जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।