घोराही, ११ पुस । नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गतको राजपुर गाउँपालिका कमिटीको पाँचौ पूर्ण बैठक सम्पन्न भएको छ । पालिका कमिटीले शनिबार विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सो बैठक सम्पन्न गरेको हो ।
बैठकले यही मिति २०७८ पुस १२ गते राजपुरको दुलैहियामा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को केन्द्रीयस्तरको अभियान उट्घाटन गर्ने र उट्घाटनमा किसानका मानिसहरुलाई उपस्थिति गराउने, पार्टी कमिटी गठन/ पुनर्गठन गर्ने, पार्टी सदस्य नबिकरण गर्ने, प्रस्तावित पार्टी सदस्य फार्म भर्ने निर्णय गरेको छ ।
सथै पालिकास्तरका जबस मोर्चाका बाँकी रहेका भेला सम्मेलन गर्ने र राष्ट्रघाती एमसीसीको बिरुद्धमा वालिङ गर्ने तथा सभा गर्ने जस्ता निर्णय गरेको नेकपा राजपुर गाउँ कमिटीले जानकारी दिएको हो ।
राजपुर गाउँपालिकाका ईन्चार्ज/सेक्रेटरी उज्वलको अध्यक्षतमा बसेको बैठकमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य केशब थापा र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा दाङ जिल्ला संयोजक पोषण बस्नेत, मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल दाङका संयोजक सुर्यबहादुर यादब ,जिल्ला सहलकार सदस्य भिमबहादुर बुढाथोकी, नेपाल कम्युनिष्ट पार्टी जिल्ला सदस्य हरि यादब र राम प्रसाद हरिजन उपस्थिति रहेको थियो ।
रिपोटमा उठेका बिषयबस्तु तथा समग्र पार्टीको कार्यक्रम ,जबस मोर्चाका अभियानको बारेमा पालिका इन्चार्ज र उपस्थित जिम्मवार अतिथिहरुले प्रशिक्षणमूलक मन्तब्य राखेको पनि जानकारी नेकपा राजपुरले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।