सर्वोदय पुस्तकालय तथा वाचनालय घोराही दाङको आयोजमा पुस्तकालय को महत्वू विषयक माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
उक्त प्रतियोगितामा १२ वटा विद्यालयका १२ जना छात्र र १२ जना छात्रा गरी २४ जनाले भाग लिएका थिए।
प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिती वरिष्ठ साहित्यकार , पत्रकार नारायणप्रसाद शर्माले सर्वोदय पुस्तकालयले यस क्षेत्रमा सामाजिक जागरण ल्याउन अतुलनीय योगदान गरेको भन्दै पुस्तकालयको उपयोग गर्न युवा विद्यार्थीहरुलाई अपिल गर्नुभयो। पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष पुरुषोत्तम खनाल, कार्यक्रम संयोजक पदमप्रसाद शर्मा, शिक्षकहरु भिमप्रसाद वेल्वासे, विप्लव अधिकारी लगायतले वोल्नु भएको थियो ।
प्रतियोगिताको निर्णायकमा राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनाल, नागरिक समाज दाङका संयोजक केवि मसाल र प्रलेस दाङका अध्यक्ष भुवन देवकोटा हुनुहुन्थ्यो ।
प्रतियोगितामा गोरखा इन्टरनेशनलमा अध्ययनरत कक्षा ११ की प्रकृति चौधरी प्रथम ,दिपशिखा माविकि स्मारिका अधिकारी दोश्रो, मावि रझेनाका पारस खत्री, तृत्तीय र दिपशिखा माविका अचित आचार्यले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना प्राप्त गर्नेलाई क्रमशः नगद रु २५००, २०००, १५०० र १००० सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको सन्चालन सचिव सुदीप गौतम र कार्यक्रम संयोजक पदमप्रसाद शर्माले गर्नुभएको थियो । सोही अवसरमा पोखराका वरिष्ठ साहित्यकार, पत्रकार भुपनिधि पन्तले पुस्तकालयलाई उपहारस्वरूप पठाएका पुस्तकहरु केवी मसालले पुस्तकालयका अध्यक्ष सुशील गौतमलाई हस्तान्तरण गर्नुभएको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।