• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा एकीकृत समाजवादीको कार्यकर्ता भेला सभाकै रुपमा




सल्यान, १० पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानकाे जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएकाे छ ।
कार्यकर्ता भेला सामान्य हलमा हुने गरे पनि सल्यानमा भने सभाकै रुपमा गरिएको छ । सल्यानमा एमाले बिभाजनपछि धेरै नेता कार्यकर्ता समाजवादीमा लागेका छन् ।

केन्द्रीय सदस्य एवं सल्यान जिल्ला अध्यक्ष कमरेड उदय बोहराकाे अध्यक्षता तथा पार्टीका अध्यक्ष कमरेड माधवकुमार नेपालकाे प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष, पार्टीका उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला, कर्णाली प्रदेश सहइन्चार्ज शेरवहादुर केसी, प्रदेश अध्यक्ष अमरवहादुर थापा, केन्द्रीय सदस्य धिरेन्द्र श्रेष्ठ लगाएतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नु भयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु भद्रसिह वुढा, लक्ष्मण केसी, माेहन गाैतम, शारदा परियार लगाएत केन्द्रीय सल्लाहकार परिषद र आयाेगका सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, जनवर्गीय संगठनका केन्द्रीय नेताहरूकाे सहभागिता रहेकाे थियाे ।

जिल्ला कमिटी उपसचिव भाेला केसीले स्वागत गर्नु भएकाे कार्यक्रमको संचालन जिल्ला कमिटी सचिव रमेश गाैतम र धन्यवाद ज्ञापन केन्द्रीय परिषद सदस्य हरि केसीले गर्नु भयो ।
कार्यक्रममा राप्रपा सल्यान जिल्ला सदस्य डम्बर केसी, नेका वडा अध्यक्ष सेरु परियार लगायत बिभिन्न पार्टीबाट दुई सय बढि नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

Facebook Comments