घोराही, १० पुस । दाङमा लुम्बिनी प्रदेशस्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघको आयोजना तथा चौघेरा तेक्वान्दो दोजाङको सहकार्यमा शुक्रबारदेखि घोराही सो प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा दाङ,प्युठान, बाँके, बर्दिया, गुल्मी ,अर्घाखाँची ,रुपन्देही, कपिलवस्तु र पाल्पा जिल्लाका करिब २ सयब ५० खेलाडीहरु सहभागी रहेका छन् ।
११ गतेसम्म चल्ने खेलहरु घोराही उपमहानगरपालिका -१४ म रहेको कवार्ड हल संचालन भरहेको र प्रतियोगितामा २० केजीदेखी ६० केजी तौल समूहका महिला तथा २० केजीदेखी ७० केजी तौल समूहमा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्ने दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भिमबहादुर थापाले जानकारी दिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।