• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लमहीका दुई युवा जुटे सरसफाइ अभियानमा




श्रवण कुमार यादव

देउखुरी, ९ पुस ।  “म बदलिन्छु अनि मेरो देश बदलिन्छ” मेरो दाङ मेरो शान, सरसफाइ मेरो पहिचान भन्ने ब्यानर सहित देउखुरीका दुई युवा सरसफाई अभियानमा जुटेका छन्  । लमही नगरपालिका वडा नम्बर ५ लमहीका अंकित खनाल र रोशन भेटवालले सो अभियानको शुरुवात गरेका हुन् ।

 

खनाल र भेटवालका अनुसार अब हरेक हप्ता लमही बजार क्षेत्रमा यो अभियान मार्फत सरसफाई कार्य थालिने छ । यो अभियान सरसफाई मात्र नभएर सरसफाई गर्नका लागि सबै उपभोक्ताहरुमा सचेतना जगाउने उद्देश्य भएको उनीहरुको भनाई छ। सरसफाईमा सबैले ध्यान दिए मात्र अभियानले पूर्णता पाउने मैनादेबी फाउन्डेसन दाङका इन्चार्ज अंकित खनालले बताए। `दाङका सबै बजारमा हामीले यो अभियान थाल्ने योजना बनाएका छौं, उनले भने-` म लमहीबासी भएका कारण लमही बाटै शुरु गरे ।´

जिल्लैभरि यो अभियानलाई सबैसंग जोड्ने उनीहरुले बताए। अंकित खनाल र रोशन भेटवाललाई देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले पनि साथ दिएका थिए।

युवाहरुले लमही बजारका अति फोहोर हुने स्थानमा सरसफाई गर्ने योजना बनाएको आफुलाई जानकारी गराएकोले सो अभियानमा आफुले पनि साथ दिएको  अध्यक्ष खनालको भनाइ छ। उनीहरुले शुरुवात गरेको कार्य प्रशंसनीय भएको बताउंदै युवाहरुको अभियानमा देउखुरी उद्योग वाणिज्य संघ लमहीको साथ सहयोग रहने बताए।

उक्त अभियानमा अर्जुनखोला सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक मंगल बहादुर गाहाको नेतृत्वमा सशस्त्र प्रहरीको टोली, वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरीक्षक शिवा जिसीको नेतृत्वमा सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो।

Facebook Comments