दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे नियमित एकल रचना वाचना कार्यक्रम अन्तर्गत ६९ औं श्रृङखलामा साहित्यकार छविकिरण वलीद्वारा एकल रचना वाचन कार्यक्रम सम्पन्न भएकाे छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् परिषद्का केन्द्रीय अध्यक्ष पुरूषाेत्तम खनालकाे प्रमुख आतिथ्यता तथा वरिष्ठ साहित्यकार गणेश विशमकाे विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा प्रगतिशील लेखक सघका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, लेखक सघ दाङका अध्यक्ष खगराज न्यौपाने, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, वरिस्ठ साहित्यकार डा कृष्ण राज डिसी, परिषद् जिल्ला शाखा दाङका सल्लाहकारद्वय कमलमणि देवकोटा, नगेन्द्र गुरु लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
साे कार्यक्रममा साहित्यकार छविकिरण वलीले दर्जनाैँ कविता, गीत, गजलहरू प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पुरुषोत्तम खनालले छविकिरण अाेली एक कवि, लाेक संस्कृतिका अध्ययता एवं लाेक गीत सङ्गीतका साधक भएकोले उहाँले साहित्यतर्फ गरेकाे महत्वपूर्ण याेगदानकाे प्रशंसा गर्नुभएको थियाे ।
कार्यक्रममा सभाध्यक्ष दीपक शर्मा ´समीर`ले उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्नु भएकाे थियाे भने एकल रचना वाचक साहित्यकार छविकिरण अाेलीलाई कदर-पत्र सहित सम्मान गरिएको थियो ।
उक्त एकल रचना वाचन कार्यक्रम परिषद् जिल्ला शाखा दाङका काेषाध्यक्ष यम रेग्मीकाे स्वागत मन्तव्यबाट शुभारम्भ हुनुका साथै कार्यक्रमकाे सहजीकरण सचिव प्रकाश के सीले गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।