• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बबईको आधाभूत विद्यालयमा अभिभावकले गरे तालाबन्दी




घोराही, ९, पुस । दाङको बबई गाउँपालिका- ५ बवरपुरमा रहेको जनता आधारभूत विद्यालयमा अभिभावकहरुले तालाबन्दी गरेका छन् । विद्यालमा एकल निर्णय, पठनपाठन अस्तब्यस्त भएको भन्दै बिहीबार अभिभाबकहरुले खिमबहादुर केसीको नेतृत्वमा सो विद्यालयमा तालाबन्दी गरेका हुन् ।

विद्यालय ब्यबस्थापन समितिको बैठकमा अभिभावकलाई खबर नगरी विद्यालयले गरेको एकल निर्णय , विद्यालयमा रहेकोे पुरानो भवन भत्किएको भवनमा रहेका काठ, ढोका, झ्याल र टिन हिनामिना गरेको, अभिभावक नबोलाएर लेखा परिक्षण गरेको तथा विद्यालयमा शिक्षा नीति अनुसार पठनपाठन नभएको भन्दै तालाबन्दी गरिएको अभिभावकहरुको भनाइ थियो ।

अभिभाबक खिमबहादुर केसी, डिल बहादुर खत्री, ज्ञानबहादुर खत्री ,हिरा डाँगी ,बलबहादुर खत्री ,कुलबिर सुनार ,झ्याम लाल बिक ,खुमन सि सुनार ,रमेश खनाल शसी कुमाल लगायतले विद्यालयमा भएका/देखिएका समस्या सामाधान नहुँदा विद्यालयमा गरिएको तालाबन्दी नखोल्ने जानकारी दिए । सथै विद्यालयमा भएका समस्या हल गरिदिनका लागि सम्बन्धित निकायहरुलाई समेत उनीहरूले अपिल गरेका छन्  ।

त्यस्तै विद्यालयका संस्थापक सदस्य समेत रहेका दुर्गाबहादुर भण्डारीले विद्यालयमा भएका समस्या र विद्यालयले अभिभावकलाई गरेको अन्यायको विरुद्धमा गरिएको तालाबन्दीमा आफुले पनि एक्यवद्धता जनाएको बताए । विद्यालयमा ब्यबस्थापन समितिको अबधि गत बैशाख ७ गते सकिएता पनि अहिलेसम्म समितिको पुनर्गठन नभएको र विद्यालयमा भएका थुप्रै समस्याहरुमाथि प्रअ मस्तबहादुर खड्काले राजनीतिकरण गर्न खोजेको उनले प्रष्ट पारे ।
विद्यालयमा भएको ६ कोठे भवन बेचेर खाएको तथा विद्यालया सुधार गर्नका लागि अभिभावकहरुले देउसी भैलो खेलेर २ लाख ५० हजार उठाएको रकम समेत हिनामिना गरेको पनि उनको भनाइ थियो ।

अभिभावकहरुले विद्यालयको विभिन्न समस्याहरुलाई समाधान गर्न माग राख्दै बबई गाउँपालिकाको शिक्षा शाखलाई ज्ञापन पत्र बुझएको समेत सदस्य भण्डारीले जानकारी दिए ।

Facebook Comments