• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यार्थीलाई नियम विपरित लाखौं रकम ठगी गर्ने  कलेजप्रति अखिल (क्रान्तिकारी)को गम्भीर ध्यानाकर्षण




दाङ, ९ पुस  । एमबिबिएसका विद्यार्थी तथा अभिभावकहरुलाई नियम विपरित लाखौं रकम ठगी गर्ने मेडिकल कलेजहरुप्रति अखिल (क्रान्तिकारी) केन्द्रीय समिमिले गम्भीर ध्यानाकर्षण जनाएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै काठमाण्डौं मेडिकल कलेज, नोबेल मेडिकल कलेजले एमबिबिएस २०२१ ब्याचका विद्यार्थीहरुबाट नियम विपरित तरिकाले लाखौं रकम ठगीरहेकोप्रति संगठनले ध्यानाकर्षण जनाएको हो ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले हस्ताक्षेरित  विज्ञप्तिमा भनिएका छ –‘काठमाण्डौं विश्वविद्यालयबाट सम्वन्धन प्राप्त काठमाण्डौं मेडिकल कलेज सिनामगल तथा मेडिकल माफिया सुनिल शर्मा, मणिपाल मेडिकल कलेज र नोवेल मेडीकल कलेजले व्याचका विद्यार्धीहरुबाट नियम विपरित, स्वेच्छाचारि र लुटेरा तरिकाले लाखौँ रकम ठगीरहेको तथा विद्यार्थी र अविभावकहरुमाधी नियम विपरित गरेको अन्यायपुर्ण व्यवहार र रवैया प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । मेडिकल माफिया सुनिल शामाँ तथा अन्य मेडिकल कलेजहरुको यो हर्कतको हाम्रो सगठन घोर निन्दा गर्दछ ।’

चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, स्थानीय प्रशासन, विद्यार्थी संंगठन, अविभावक र सम्वन्धित विद्यार्थीहरु कसैको पनि कुरा नसुनि निति, नियम, निर्देशन र अनुशासनको गम्भिर उलघन गरिरहेका मेडिकल कलेजलाई विद्यार्थीहरुका माग पुरा गर्न, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्न पनि संगठनको जोडदार माग छ ।
होस्टेलमा बस्नेरनबस्ने विषय ऐछिक र विद्यार्थीको स्वनिर्णय हुने र विद्यार्थीले सम्पूर्ण शुल्कहरु विश्वविद्यालयमा नै एकमुष्ट बुझाईसकेको अवस्थामा चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय र स्थानिय प्रशासनको स्पष्ट निति र निर्देशन हुँदाहुँदै केएमसी अन्य मेडिकल कलेजहरुले गरिरहेको अटेटी र ठगिको भ्रत्सर्ना गर्दै केएमसी र अन्य मेडिकल कलेज प्रशासनलाई विद्यार्थीका मागहरु पुरा गर्न र निर्देशक निकायहरुका निर्देशनहरुलाई इमान्दारिताका साथ पालना गर्न माग गरेको समेत जारी विज्ञप्तिमा उल्लेख छ।
अन्यथा विद्यार्थी र अविभावकहरुको अधिकारका पक्षमा जुनसुकै स्तरको संघर्षमा उत्रिने चेतावनी दिदै उक्त परिस्थितिको जिम्मेवार स्वय केएमसी र अन्य मेडिकलहरु नै हुने हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

 

Facebook Comments