• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशन घोराहीमा  हुने




घोराही, ८ पुस । नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशन माघ महिना घोराहीमा  हुने भएको छ । संघको केन्द्रीय समितिले बुधबार घोराहीमा पत्रकार सम्मेलन आयोजना गरि संघको १२ औं राष्ट्रिय महाधिवेशन २०७८ माघ १९ गतेदेखि २२ गतेसम्म दाङको घोराहीमा हुने जानकारी दिएको हो ।

संघको घोराहीमा माघ १९,२०,२१ र २२ गते चारदिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयनदेखी लिएर देशको संघीय संरचना प्रदेशको नामाकरण, मगर जातिको अधिकार, संघको नीति तथा कार्यक्रममाथि विशेष छलफल हुने नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरले जानकारी दिए ।
१२ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र महाधिवेशनमा ७ प्रदेश , ७० जिल्ला समिति, ८ वटा भात्री संगठन र २२ वटा वैदेशिक उपशाखाबाट ५ सय जना प्रतिनिधि तथा आयोजकहरुको ६ सय जना प्रतिनिधिहरुको सहभागिता रहने छ ।

संघको माघ १९ गते घोराहीको सहिद मंचमा उट्घाट्न हुने महाधिवेशनमा ५० जना बढी अतिथिहरु सहभागी हुनेछन् ।

Facebook Comments