• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भारतलाई हराउँदै बंगलादेशले जित्यो यू–१९ साफको उपाधि, रच्यो इतिहास




दाङ। भारतलाई हराउँदै घरेलु टोली बंगलादेशले साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनल खेलमा भारतलाई १-० गोल अन्तरले हराउँदै बंगलादेशले साफ उपाधि जितेको हो ।
योसँगै बंगलादेशले इतिहास रचेको छ । उसले लगातार दोस्रोपटक साफ उपाधि जित्दै इतिहास रचेको हो । बंगलादेशलाई दोस्रोपटक साफ उपाधि दिलाउन आनी बोगानीले एक गोल गरिन् । उनले ८० औं मिनेटमा गोल गर्दै टिमलाई उपाधि जिताएकी हुन् ।
आइतबार सेमिफाइनल खेलमा श्रीलंकालाई १२ फराकिलो गोल अन्तरले हराउँदै बंगलादेशले फाइनलको टिकट काटेको थियो । आइतबार नै भएको पहिलो सेमिफाइनलमा नेपाललाई १-० गोल अन्तरले हराउँदै भारतले फाइनलमा स्थान बनाएको थियो ।
पहिलो खेलमा बंगलादेशविरुद्ध गोलरहित बराबरी खेलेको नेपालले दोस्रो म्याचमा श्रीलंकालाई ६–० गोल अन्तरले हराएको थियो । तेस्रो खेलमा भुटानविरुद्ध ४–० गोलले विजयी भएको नेपाल फाइनल पुग्न भने चुकेको थियो ।

Facebook Comments