• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एक दिने आँखा शिविर होलेरीमा सम्पन्न




घोराही, ७ पुस । रोल्पाको होलेरीमा एक दिने आँखा शिविर सम्पन्न भएको छ । तिलागंगा आँखा प्रतिष्ठान काठमाण्डौं, जिल्ला सामुदायिक आँखा केन्द्र लिबाङ र नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाको आयोजनामा सो शिविर मंगलबार होलेरी स्वास्थ्य चौकीमा सम्पन्न भएको हो ।

जिल्ला सामुदायिक आँखा केन्द्र लिवाङ रोल्पाले मोतिबिन्दुको निःशुल्क अपरेशन शिविरलाई मध्यनजर गर्दै होलेरीमा संचालन गरिएको एक दिने आँखा शिविरमा आँखा सम्बन्धी समस्या भएका १ सय ४१ जनाको सहभागिता रहेको थियो । सहभागी मध्ये आँखामा समस्या देखिएका २३ जनालाई अप्रेसनका लागि लिबाङ रिफर गरिएको नेपाल रेडक्रस सोसाइटी होलेरी उपशाखाका सभापति लक्षिराम थापाले जानकारी दिए ।

मोतिविन्दुको निःशुल्क अपरेशन यही पुस १२ गतेदेखि १४ गतेसम्म लिबाङमा हुने भएको छ ।

Facebook Comments