• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाली कोचलाई क्यानडामा बिदाई




दाङ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षकमा दोस्रो कार्यकाल सम्हाल्न जान लागेका पुबुदु देशनायकेलाई विदाइ गरिएको छ। नेप्लिज क्यानेडीयन क्रिकेट क्लब र एनआरएनए क्यानाडाले आयोजना गरेको विशेष कार्यक्रममा उनलाई विदाइ गरिएको हो।

टोरन्टोको ब्राम्पटनस्थित एभरेस्ट तेक्वान्दो क्लबमा आयोजित कार्यक्रममा उनको विदाइ गर्दै आगामी कार्यकाल सफलताको कामना पनि गरिएको थियो।
एनआरएनए क्यानाडाका अध्यक्ष दिपक गौतम, पूर्वअध्यक्षद्वय गोपीकृष्ण काफ्ले र अनिल थापा, क्यानेडीयन नेप्लीज क्रिकेट क्लबका किरोज श्रेष्ठ, इमरान खानलगायतले शुभकामना व्यक्त गरेका थिए।

Facebook Comments