• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यो बर्ष पनि राप्ती इञ्जिनियरिङ कलेजमा क्यान महासंघको छात्रबृत्ति




कम्प्युटर एशोसियशन नेपाल क्यान महासंघ दाङले गत बर्षदेखि शुरु गरेको आइसिटी स्कलरसीपलाई यो बर्ष पनि निरन्तरता दिने भएको छ ।

क्यान महासंघ दाङले पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । क्यान महासंघले राप्ती इञ्जिनियरिङ कलेजको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

राष्ट्रभित्र सूचना तथा प्रविधिको अध्ययन अध्यापन गराउने कलेजहरुको सहकार्यमा गरीब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्ने लक्ष्यअनुसार कार्यक्रम सञ्चालन गरिएको क्यान महासंघ दाङले जनाएको छ ।

जसअन्तर्गत यो बर्ष ११ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिने क्यान महासंघ दाङका अध्यक्ष कर्णबहादुर पुनले जानकारी दिनुभयो । जसअनुसार एक जनाले पूर्ण छात्रवृत्ति पाउने छन् भने बाँकी दश जनाले आंशिक छात्रवृत्ति पाउने छन् । बिसिए कार्यक्रममा चार बर्षको कूल चार लाख शुल्कमध्ये पूर्ण छात्रवृत्ति पाउने एक जनाले सबै छूट पाउने छन् भने ७५ प्रतिशत छात्रवृत्ति पाउने दुई जना तीन तीन लाख र ५० प्रतिशत छूट पाउने ८ जनाले दुइ दुइ लाख छूट पाउने छन् ।

यसरी एघार जना विद्यार्थीका लागि कूल २६ लाख शुल्क छूट हुने अध्यक्ष पुनले जानकारी दिनुभयो । नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ४५ प्रतिशत वा सी ग्रेडसहित विज्ञानमा कक्षा १२ वा सो सरह उत्तीर्ण, सिटिइभिटीतर्फ डिप्लोमा उत्तीर्ण र अन्य संकायबाट १०० पूर्णांकको कम्प्युटर वा गणित बिषय अध्ययन गरेका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिनसक्नेछन् ।

छात्रवृत्तिका लागि क्यान महासंघको फेसबुक पेज र राप्ती इञ्जिनियरिङ कलेजको वेवसाइट मार्फत यही पुस ३० गतेभित्र आवेदन दिनुपर्ने छ । छावृत्तिका लागि दलित, जनजाति, दुर्गम क्षेत्रका विद्यार्थी, स्थानीय तहबाट आर्थिक अवस्था कमजोर भएको सिफारिसपत्र लिएकाहरुले प्राथमिकता पाउने छन् । गत बर्ष यो कार्यक्रम अन्तर्गत १४ जनाले छात्रवृत्ति पाएका थिए । छात्रवृत्तिका लागि यो बर्ष क्यान महासंघ दाङका अध्यक्ष पुनको संयोजकत्वमा उपाध्यक्ष माधव अधिकारी र कोषाध्यक्ष मदन खनाल सदस्य रहेको छात्रवृत्ति छनौट समिति गठन गरिएको छ ।

क्यान महासंंघ दाङका अध्यक्ष पुनको अध्यक्षता, केन्द्रीय उपाध्यक्ष रेशम गिरीको प्रमुख आतिथ्य र राप्ती इञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक भीमसेन गिरीको बिशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा कलेजका निर्देशक मधुसूदन गिरी, क्यान महासंघका लुम्बिनी प्रदेश सदस्य, सदस्य शिशिर पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रम सञ्चालन क्यान महासंघ दाङका उपाध्यक्ष माधव अधिकारीले गर्नुभएको थियो ।

Facebook Comments