• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनताको आँधीबेरी श्रृष्टि गरेर एमसीसीलाई खरानी बनाउँछौं, इञ्चार्ज शीतल




दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका इञ्चार्ज शीतलले नेपालमा जनताको आँधीबेरी श्रृष्टि गरेर एससीसीलाई खरानी बनाउँने बताएका छन् । राष्ट्रघाती एमसीसी विरुद्धको घोराहीमा आयोजित संयुक्त विरोध प्रदर्शनको कोणसभामा बोल्दै इञ्चार्ज शीतलले एमसीसी नेपालको संविधान र कानून विरुद्ध भएको भन्दै नेपालमा जनताको आधिबेरी श्रृष्टि गरेर एमसीसीलाई खरानी बनाउने बताएका हुन् ।


कोणसभाका मुख्य वक्ता समेत रहेका शीतले राष्ट्रघाती एमसीसी सम्झौता भनेको हिन्द प्रशान्त रणीतिको एउटा अभिन्न अंग भएको बताए । ‘यो रणनीति दक्षिण एसियालाई घेर्ने र चिनको विरुद्ध सन् १९४७ मा गठन भएको हो’ उनले भने–‘ अमेरिकी साम्राज्यवादले एमसीसी भनेर डरल र पैसाको बिटोमा नेपाल भित्रन खोजिरहेको छ ।’
नेपालमा राष्टघाती एमसीसी पास गर्ने शक्ति मात्र छैन् त्यसको विरुद्ध क्रान्तिकारी शक्ति पनि रहेकाले नेपाल र नेपालीको रक्षाको लागि जे पनि गर्न तयार रहेको र एमसीसी पास भयो भने पास गर्ने व्यक्तिहरुलाई एउटै चिहान बनाउने जनताको शक्ति केन्द्रित भइरहको समेत उनको भनाइ थियो । अमेरिकी साम्राराज्यवादीले दक्षिण एसियामा कम्युनिष्ट पार्टीको प्रभावलाई निस्तेज पार्न खोजिरहेको र नेपालमा भएका प्राकृतिक सम्पादाहरुको दोहोन गर्ने तथा कब्जा जमाउने खाजिरहेको नेता शीतले प्रष्ट पारे ।

नेपालका दलालहरुले कुर्सी र सत्ताको लागि देश बेच्ने, प्राकृतिक स्रोत साधन लुट्ने र चोरर साम्राज्यावादीहरुको अधिनमा रहने गरेको हुनाले जबसम्म संसदीय व्यवस्था जीवित रहन्छ त्यतिबेलासम्म नेपाली जनताको खबरदारी तथा आन्दोलनहरु नरोकिने समेत उलने जिकिर गरे । नेपाली जनताको आन्दोलनबाट यो संसदीय व्यवस्थालाई बदलेर वैज्ञानिक समाजवादमा जानु आजको अनिवार्य आवश्यकता भएको पनि उलने उल्लेख गरे ।

त्यस्तै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समीर केसीले एमसीसी सम्झौता नेपालको हतिमा नभएको भन्दै नेपालको अस्मितामाथि आछ आउने खालको कुनैपनि सम्झौता स्वीकार्य नहुने बताए । नेपाललाई स्वाधीन र स्वतन्त्र बनाउनका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेकाले यदि एमसीसी सम्झौता नेपालका दलालहरुले पास भने भोलि बन्दुक ल्याएर सडकमा आउने समेत उनले उद्घोष गरे । नेपालको साधनस्रोत र नेपाली भूमिलाई रनमैदान बनाउन खोज्ने साम्राज्यवादी दलालहरुका सांसदहरुले एमसीसी पास गरे भने एमसीसी पास गर्ने ब्यक्तिको घरमा बम पड्काउने पनि उनको भनाइ थियो ।

त्यसैगरी नेकपा मसाल दाङका भारत भण्डारीले राजनीतिक स्वतन्त्रता, न्याय र स्वाभिमान अझै अभावको रुपमा रहेको रहेको बताए । देशलाई गृहयुद्धमा धकेल्ने र देशलाई रणमैदान बनाउने एमसीसी नेपालीलाई नचाहिने र एमसीसी सम्झौता एउटा शैन्य रणनीति भएको प्रष्टाए । अमेरिकी साम्राज्यवादीका चाटुकारहरुले अहिले एमसीसी पास गर्न खोजिरहेका छन् भने तथाकथित सहयोगको नाममा अमेरिका नेपाल छर्न खोजिरहेको समेत उलको भनाइ थियो ।

नेकपा मालेका लुम्बिनी प्रदेश कमिटीको सदस्य कपिलले एमसीसी पास भयो भने साढेको जुढाइ बाच्छाको मिचाइ हुने बताए । शरीरमा एक थोपा रगत रहादासम्म देश बेच्न नदिने पनि उनको भनाइ थियो ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले देशका ७७ वटै जिल्ला एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन भइरहेको बताए । अमेरिकाले आफ्नो साम्राज्यवाद उद्देश्य प्राप्त गर्नका लागि ५५ अर्वको लोभमा नेपालमा आउन खोजिरहेको उनले प्रष्ट पारे । साम्राज्यवादीका गुलामीहरुले हाम्रो राष्ट्र र राष्ट्रिय स्वाधीनतामा आँच आउने खालको एमसीसी पास गर्न खोजिरहेको समेत उनको भनाइ थियो ।

देशभक्त गणतान्त्रिक मोर्चा दाङ अध्यक्ष इश्वरीप्रसाद गैरे राष्ट्रघाती एमसीसी राष्ट्रको पक्षमा नभएको बताए । नेपालका दलालहरुले घुमाउरो पारामा अमेरिकी सेना नेपालमा भित्र्याउन खोजिएको समेत उनले प्रष्ट पारे ।

राष्ट्रघाती एमसीसी विरुद्ध छ दलको संयुक्त रुपमा भएको विरोध प्रर्दशनको ¥याली घारोहीको ट्राफिकबाट सुरु भई बैंक रोड हुँदै तुलसीपुर चोकमा आएर कोणसभामा परिनत भएको थियो । ¥यालीमा राष्ट्रघाती एमसीसी खारेज गर लगायतका पप्लेट र नारा घंकिएका थिए ।
युवा संगठन नेपालका केन्द्रीय सचिब तिलक योलीले कोणसभाको संचालन गरेका हुन् ।

Facebook Comments