• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन नेपालगन्जमा हुने




दाङ, ५ पुस । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशन आगामी माघ ८ गते नेपालगन्जमा हुने भएको छ।
बाँके जिल्लाकाे रमनीय र पर्यटकीय स्थल नेपालगन्जमा भब्यताका साथ प्रदेश अधिबेशन सम्पन्न गर्ने एमालेले निर्णय गरेकाे हाे ।
नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटीको साेमबार दाङकाे बाह्रकुनेमा सम्पन्न छैठौं पुर्ण बैठकले प्रदेश अधिबेशन सम्पन्न गर्नका लागि कमिटीका उपाध्यक्ष भाेजप्रसाद श्रेष्ठकाे संयाेजकत्वमा १ हजार १ सय ९९ सदस्यीय मुल व्यबस्थापन समिति समेत गठन गरेकाे छ।
बैठकले प्रदेश निर्वाचन क्षेत्रलाई अाधार बनाउदै २ सय पार्टी सदस्य बराबर १ जना प्रतिनिधि, दलितका लागि १ सय पार्टी सदस्य बराबर १ जना प्रतिनिधि, हरेक ३ जना प्रतिनिधिमा १ जना महिला अनिवार्य, विभिन्न जनसंगठन, प्रदेश सल्लाहकार, अपांगता भएकाहरु, जिफन्ट लगायतबाट पनि प्रतिनिधि हुने गरि मापदण्ड तयार पारिएकाे एमाले लुम्बिनी प्रदेश सचिब लक्ष्मण अाचार्यले जानकारी दिनुभयो । अाचार्यका अनुसार प्रदेश अधिवेशनका लागि लुम्बिनीका १२ वटै जिल्लाले यहि पाैष २८ गते एकैदिन मापदण्डअनुसार प्रतिनिधि चयन गर्नुपर्नेछ । बैठकले प्रदेश अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, सांगठनिक तथा अार्थिक प्रतिवेदन तयारीका लागि प्रदेश अध्यक्ष राधाकृष्ण कडेलकाे संयाेजकत्वमा प्रतिवेदन लेखन समिति, राधाकृष्ण कडेलकाे संयाेजकत्वमा बालकृष्ण पाण्डे लगायत ७ सदस्यीय कार्यालय तथा प्रतिनिधि ब्यबस्थापन समिति, उपसचिव लिला रानाकाे संयाेजकत्वमा प्रचारप्रसार समिति, उपसचिव दुर्गा थारुकाे संयाेजकत्वमा मञ्च ब्यबस्थापन र परिचालन समिति, निरक गुरुङकाे संयाेजकत्वमा अावास तथा खाद्य व्यवस्थापन समिति, अारति पाैडेलकाे संयाेजकत्वमा अतिथि सत्कार समिति बाबुराम भट्टराईकाे संयाेजकत्वमा स्वास्थ्य समिति, लक्ष्मण अाचार्यकाे संयाेजकत्वमा अार्थिक समिति समेत गठन गरिएकाे छ ।
साथै बैठकले यहि पाैष २३ गते देशभर एकैसाथ सम्पन्न हुन गईरहेका जिल्ला अधिवेशनहरुलाई ब्यवस्थित र प्रभावकारी बनाउन पाैष ७ गते बर्दिया, पाैष ८ गते गुल्मी, अर्घाखाँची, प्युठान र राेल्पा, पाैष ९ गते रुपन्देही, पाल्पा, बाँके र पाैष १० गते नवलपरासी, कपिलवस्तु र रुकुम पुर्वमा बैठककाे अायाेजना गर्ने निर्णय पनि गरेकाे छ ।
जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुकाे छनाैटकाे मापदण्ड भने जिल्ला कमिटि अाफैले तय गर्ने एमालेले जनाएको छ। बैठकले जिल्ला अधिवेशन भन्दा पहिलै टाेल कमिटिहरुकाे भेला र कमिटी निर्माण, मतदाता नामावली अद्यावधिक, अन्य पार्टीबाट एमालेमा प्रवेश गर्न चाहनेहरुकाे अभिलेख तयार गर्न जिल्ला पार्टीलाई सर्कुलर गर्दै जिल्ला अधिवेशनहरु भब्यताका साथ सम्पन्न गर्न निर्देशन गरेकाे छ।
एमाले लुम्बिनी प्रदेश संगठन कमिटीका अध्यक्ष राधाकृष्ण कडेलकाे अध्यक्षतामा सम्पन्न बैठकलाई एमाले महासचिव शंकर पाेख्रेल, एमाले सचिव तथा लुम्बिनी ईन्चार्ज छबिलाल बिश्वकर्माले सम्बाेधन गर्नुभएकाे थियाे।
कमिटीका उपाध्यक्ष भाेजप्रसाद श्रेष्ठको स्वागत मन्तब्य र सचिब लक्ष्मण अाचार्यकाे सञ्चालनमा सम्पन्न बैठकमा एमाले पाेलिट्ब्युराे सदस्यहरु दल बहादुर राना, बैजनाथ चाैधरी, लिला गिरि, दधिराम न्याैपाने, खिमलाल भट्टराई, खेममान खड्का, ठाकुर गैरेे, सुर्य थापा, नरुलाल चाैधरी, सुजिता शाक्य, शान्ता चाैधरी, केन्द्रीय सदस्यहरु, सल्लाहकार परिषद र विभिन्न अायाेगका सदस्यहरुकाे आतिथ्यता रहेकाे थियाे।

Facebook Comments