• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एमसिसी सम्झौता विरुद्ध घोराहीमा बिरोध प्रदर्शन हुने




घोराही, ५ पुस । राष्ट्रघाती एमसिसि सम्झौताका विरुद्धमा दाङको घोराहीमा बिरोध प्रदर्सन हुने भएको छ ।

एमसिसि सम्झौताका विरुद्धमा निरन्तर आन्दोलनरत दलहरु मध्य दाङ्का क्रियासिल दलहरुको सयुक्त बैठकले पौष ६ गते दिउँसो १२:३० बजे देखि घोराहीमा बिरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

पौष ५ गते नेकपाको जिल्ला कार्यालयमा केन्द्रिय सदस्य तथा दाङ जिल्लाका इन्चार्ज  शीतलको अध्यक्षतामा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य शीतल, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्य क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज समिर केसी , नेकपा मालेका केन्द्रिय सदस्य तथा जिल्ला सचिब नेत्र पान्डे, लगायतका नेताहरुको उपस्थित रहेको थियोे ।

बिरोध प्रदर्सनमा जिल्लामा क्रियासिल नेपाल कम्युनिस्ट पार्टी मसाल, नेपाल कम्युनिस्ट पार्टी , नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी , नेपाल कम्युनिस्ट पार्टी माले, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रीक मोर्चाको सहभागीता रहेने भएको छ ।

उक्त कार्यक्रममा सहभागी हुन सम्पुर्ण देशभक्त नागरिकहरुलाई अनुरोध गर्ने निर्णय भएको राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले बताउनु भयो ।

Facebook Comments