• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नागरिकको आँखामा मिडिया: रचनात्मक समाज निर्माणमा योगदान दिन सुझाव




जंगबहादुर रेउले
घोराही, ३ पुस । दाङमा ‘नागरिको आँखामा मिडिया’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको २९ औं स्थापना दिवसको अवसरमा शाखाको आयोजनामा शुक्रबार घोराहीमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघ दाङको संस्थापक अध्यक्ष नारायण प्रसाद शर्माले अहिले हरेक क्षेत्रमा नयाँ पुस्ता आएको तर त्यो सोच, चिन्तन र सुःखको रुपमामात्र पुस्तातरण भएको बताए । पछिल्लो चरण मिडिया तथा संचार माध्यमहरुप्रति नागरिकको विश्वसनियता घटेको समेत उनले प्रष्ट पारे । अब मिडिया, संचार माध्यम र पत्रकारिताको बारेमा टिका टिप्पणी गर्नु भन्दा पनि आफूले कति गर्न कति ग¥यौ ? कति गर्न सक्छौं भन्ने कुरा आफैबाट आत्मालोचना हुनुपर्ने र पत्रकारितामा नैतिक तथा निष्पक्ष रुपमा कलम चलाउनु पर्ने उनको भनाइ थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रेस सेनानीका सुशिल गौतमले हाम्रो कामप्रतिको जिम्मेवारी हुनुपर्ने बताए । हरेक ठाउँमा विभिन्न पेशाका आलोचना भइरहदा प्रेस आफैमा आलोचनात्मक चेत भएको कुरा उनले उल्लेख गरे । अब राजनीतिकमा डिजिटल वार हुन्छ र त्यो वारमा अनाइन डिजिटलको महत्वपूर्ण भूमिका रहने समेत उनले प्रष्ट पारे ।
त्यस्तै प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारीले समाचारको विषयवस्तुको आधारमा स्वतन्त्रता खोज्नुपर्ने बताए । अब संचार माध्यमको समग्रह रुपमा विश्वसनियता बढाउनुपर्ने जरुरी भएको पनि उनले स्पष्ट पारे । पत्रकारिताको महत्व किन घढ्दै छ भन्ने कुरा पत्ता लगाउनुपर्ने र नागरिबाट पनि विषयहरु आउनुपर्ने उनले उल्लेख गरे ।
नागरिक समाज दाङका अध्यक्ष केवी मसालले मिडिया सम्बन्धी कार्यक्रमहरु बेला–बेलामा संचालन गर्नुपर्ने बताए । दाङको पत्रकारितामा उस्तै र हुबहु समाचारहरु छापा मिडिया आएको र पाठकहरुको पत्रिका पढ्ने बानी नभएको गुनासो व्यक्त गरे ।
खुल्ला बसहसमा नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदीले पत्रकार समाजको मेरुदण्द भएको बताए । रिपोर्टरले दुःख गरेर ल्याएको समाचार मिडिया संचालक स्वार्थले गर्दा धेरै काटछाट गरेर आउने गरेकोमा उनले दुखोसो पोखे । अनलाइन मिडियामा प्रकाशित तथा प्रशारित भएका सामग्रीहरुमा विश्वसनियतामा कमि आएको पनि उनले स्पष्ट पारे ।
राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले समाजमा पछिल्लो समयमा सामान्य घटना घटेपनि मिडियालाई बोलाउँछु भन्ने ट्रेन चलेको बताए । तर, मिडिया स्वतन्त्रत नभएको र मिडियाकर्मीले पार्टी र समाज विश्लेषणल गर्ने खालको भूमिका निर्वाह गर्नुपर्ने उनले प्रष्ट पारे । गुटको आधारमा मिडिया चलाउने हुनाले समाजमा मिडियालाई हेर्ने दृष्टिकोण फरक भएको र मिडियाले माथिल्लो तहबाट राजनीति तथा समाजलाई विश्लेषण क्षमता राख्नुपर्ने समेत उनको भनाइ थियो ।
नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले नागरिकको आँखामा मिडिया सकारात्मक तथा नकारात्मक दुवै खालको अवधारणा हुने बताए । तर, हामीले मिडियालाई सकारात्म दृष्टिले हेर्नुपर्ने उनले प्रष्ट पारे । राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, प्रशासनलाई अगाडि बढाउन मिडियाले सकारात्म भूमिका निर्बाह गर्नुपर्ने पनि उनको धारणा थियो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले डिजिटल मिडियाले गर्दा आग्रह, पूर्वाग्रह गरेर समाचार प्रकाशन गर्दा समाजले हेर्ने दृष्टिकोण फरक भएको बताए । पार्टीको सदस्यता पनि लिने र पत्रकारको सदस्य पनि हुनाले पत्रकारितामा यस्तो नगर्दा ठिक हुने पनि उनले प्रष्ट पारे ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीका अध्यक्ष कल्पना न्यौपानेले समाजमा भएका हरेक कुराहरुमा आवाज बुलन्द गर्ने, उत्थान तथा उजागर गर्ने मिडियाको प्रमुख दायित्व भएको बताएकी छन् ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासन, सुर्दन रिजाल, टिका बस्नेत, पण्डव शर्मा, भुपेन्द्र ओलीले पत्रकारिता क्षेत्रमा पत्रकार भन्दा पनि पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्ने तथा बैचारिक र वर्ग पक्षधरतामा कलम चलाउनुपर्ने लगायतको आ–आफ्नो धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीले नागरिकको आँखामा मिडियाक विषयक अन्तक्र्रिया कार्यक्रमको विषय प्रवेश गराएका थिए । नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धार गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रको सहजीरकरण महासंघका सचिव आरके शितलले गरेका हुन् ।
Facebook Comments