रमेश प्याकुरेल
बर्दिया,३ पुस । नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जन एकता अभियान शुरु गरेको छ। पार्टीले बर्दिया जिल्लाको बासगढी नगरपालिका वडा नं २ बेतनीबाट शुक्रबार एक कार्यक्रमकाबीच सो अभियान शुरु गरेको हो ।
नगर इन्चार्ज क.शक्तिले अध्यक्षता एवं अभियान टिमका प्रमुख शितलको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो ।
जनजाति थारु समुदायको बाहुल्यता रहेको बस्तिमा बोल्दै पार्टीका बिशेष समिति सदस्य क.शितलले आदिवासी जनजाति थारु समुदाय र सुकुम्बासीको बिषयमा बोल्दै यो बिषयमा हाम्रो पार्टी बाहेक अरु पार्टी र राज्यले बोल्न छोडिसकेको बताए । हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीले जनमत संग्रह र वैज्ञानिक समाजवादबाट मात्र जनताका सममस्या हल हुने समेत उनले प्रष्ट पारे ।
वैज्ञानिक समाजवादको लागि जनमत जनमतसंग्रहको लागि जन एकता अभियान भन्ने मुल नाराका साथ बासगढी नगरपालिकाबाट सुरु गरेको अभियान कार्यक्रम सन्चालन नगर सेक्रेटरी कामनाले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।