मुक्ति गैरे
बुटवल ,२ पुस । नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको दोस्रो पूर्ण बैठक सम्पन्न गरेको छ । संगठनको बैठक सुक्रबार रुपन्देहीको बुटवलमा सम्पन्न भएको हो ।
दोस्रो पूर्ण बैठकले बुटवलमा हुने राष्ट्रिय सम्मेलनलाई भव्य बनाउन सहयोग गर्ने निर्णय गरेको छ । बुटवलमा हुने राष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागि केन्द्रीय आयोजक समितिलाई सहयोग हुनेगरि विभिन्न विभागहरु समेत गठन गरेको छ । सम्मेलन आगामी माघ ११, १२ र १३ गते हुनेछ ।
बैठकमा प्रशिक्षणात्मक मन्तब्य राख्दै नेकपाका केन्द्रिय सदस्य तथा रूपन्देही जिल्ला इन्चार्ज कृतिले दलाल पुँजीवादलाई चुनौति दिनको लागि जनपत्रकार संगठनको चौथो राष्ट्रिय सम्मेलन शानदार रुपमा सम्पन्न गर्नुपर्ने बताए । साथै उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि जनमत संग्रहको पक्षमा जनपत्रकारहरूले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउँदै, राज्यसत्ताको दमन र उत्पीडनविरूद्ध कलमले विद्रोह गर्नुपर्ने जिकिर गरे।
अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगरले गलत कुराको खण्डन नगरि सही कुरा स्थापित नहुने भन्दै, संसदीय व्यवस्थाको खण्डन गरि वैज्ञानिक समाजवाद स्थापनाको निम्ति जनपत्रकारहरूले निरन्तर कलम चलाउनुपर्ने बताएका थिए ।
प्रदेश कमिटी उपाध्यक्ष राजेन्द्र राउत क्षेत्रीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रम प्रदेश कमिटी अध्यक्ष दिपेश विष्टको अध्यक्षता र प्रदेश कमिटी सचिव अनिल नेपालीको सञ्चालनमा भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।