घोराही, २ पुस । दाङ जिल्ला फुटबल नकआउट प्रतियोगिताको फाइनल खेलमा ज्ञानज्योति इनोभेटिक एकेडेमी तुलसीपुर विजयी भएको छ । एकेडेमी तुलसीपुर फाइनल खेलमा विजयी भएसँगै प्रतियोगिताको उपाधी हात पार्न सफल भएको हो । बिहिबार घोराही–१८ नवलपुर फुटबल मैदानमा भएको फाइनल खेलमा घोराही– १३ बडहरा युवा क्लबलाई टाईब्रेकरमा ५–३ गोलको अन्तरले पराजित गर्दै ज्ञानज्योति बिजेता बनेको थियो ।
खेलको हाप टाइम नहुँदैै ज्ञानज्योति इण्डोभेटिक एकेडेमीले २ गोल गर्न सफल भएको थियो भने हाप टाइमपछि बडहरा युवा क्लबले उत्कृष्ट खेल प्रस्तुत गर्दै २ गोल गरि खेल निर्धारित समयभित्र बराबरी भएपछि खेलको नतिजा टाईब्रेकरबाट निकालिएको हो ।
बडहराले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा हार व्यहोर्नू परेको थियो ।
अखिल नेपाल फुटबल संघ(एन्फा)को कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला नकआउट प्रतियोगिता मंसिर २६ गतेबाट शुरु भएको खेलमा ७ वटा क्लबहरुले सहागिता जनाएका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।