• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको कार्यालय उट्घानसंगै सेवा शुरु




तिर्थराज ज्ञवाली

भालुवाङ, २९ मंसिर  । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले दाङकाे राप्ती उपत्यकामास्थित सिसहनियाबाट काम शुरू गरेकाे छ । बुधबार मुख्य कार्यालय उद्घाटनसँगै सेवा शुरू गरिएकाे हाे ।

मन्त्री ईन्द्रजित थारुले उद्घाटन गर्दै मन्त्रालयले पूर्ण रूपमा सेवा सुरु दिन थालेकाे बताए । उनले स्थायी राजधानीमा अन्य मन्त्रालयले पनि विस्तारै सेवा शुरू गर्ने बताए ।

मन्त्री थारूले संघीय सरकार र प्रदेश सरकारको नीति अनुसार सबै पालिकामा १५ सैयाको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरु जानकारी दिँदै स्वास्थ्य सेवामा मध्यकालीन तथा दीर्घकालीन रणनीतिकासाथ काम भै रहेको बताए ।

उनले कोभिडको तेस्रो भेरीयन्ट बाट नागरिकलाई सुरक्षित राख्नका लागि प्रदेश संघीय सरकारसँग खोपको ब्यवस्थाको लागि पहल गरिरहेको जानकारी दिए ।

कार्यालय उद्घाटन कार्यक्रममा बाेल्दै स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी खत्रीले स्थायी राजधानीमा मन्त्रालयले काम सुरु भएसँगै नागरिकले सरल र सहज रुपमा सेवा पाउने बताइन् ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सेवा मुलक मन्त्रालय भएका कारण सेवा दिने काममा कमी नहुने बताए । निर्देशनालय, आपूर्ति, तालिम र प्रयोगशालाको कार्यालयको छिटो प्रबन्ध गर्दै मन्त्रालयलाई पूर्ण रूपमा संचालनमा ल्याउन कार्य अगाडि बढाइउकाे उनले बताए ।

कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आफूहरुले स्थायी राजधानीका लागि लागि सबै कुरा जोखिममा राखेर सहयोग गरेको जानकारी गराउँदै ढिलै भए पनि मन्त्रालयले काम थालेकाेमा खुशी व्यक्त गरे ।

कार्यक्रममा पालिका उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, प्रवक्ता विद्याशरण चौधरी, वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावत, खानेपानीका अध्यक्ष शान्तराज पन्थी, उप सचिव राजेन्द्र प्रसाद पन्थी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नेपालको संविधान २०७२ को धारा १७४ को उपधारा १० ले दिएको अधिकार प्रयोग गरि प्रदेश सरकार (मन्त्रीपरिषद्) को मिति २०७८ वैशाख ६ गतेकाे निर्णयानुसार लुम्बिनी प्रदेश सरकार (कार्यवभाजन) नियमावली, २०७४ खारेज भइ स्वास्थ्य सम्बन्धी कार्यहरु साविकको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेकोमा प्रदेश सरकार (कार्यबिभाजन) नियमावली, २०७८ जारी भए पश्चात स्वास्थ्य सम्बन्धि बिषय हेर्ने छुट्टै मन्त्रालयको रुपमा स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय स्थापना भएको हो ।

 

Facebook Comments