घोराही, २९ मंसिर । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ नं. वडाले एक दर्जन बढी आमा समूहलाई कुर्सी तथा दराजहरु हस्तान्तरण गरेको छ ।वडा कार्यालय डुबृङको आयोजनामा बुधबार एक कार्यक्रमकाबीच वडा अन्तर्गत रहेका करिब १३ वटा आमा समुहहरुलाई कुर्सी ,दराज लगायतको सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले आमा समूह, महिला सयंसेबिका भनेको समाजमा काम गर्ने एक अग्रपंक्तिमा खटिने समूह भएको बताए । ६ नं. वडाले आमा समूहहरुलाई कुर्सी र दराज वितरण गरेर उदाहरणीय काम गरेको समेत उनले प्रष्ट पारे । समूह तथा स्वयंसेबिकाका लागि स्थानीय सरकार सदैब सकारात्मक रहेको र यि यस्ता कामहरूमा रुन्टीगढी गाउँपालिकाका साथ, सहयोग र सहकार्य गर्न तत्पर रहेको कुरा उनले उल्लेख गरे ।
रुन्टीगढी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष जगत बहादुर घर्ती अध्यक्षता एवं पालिकाका अध्यक्ष बालाराम बुढाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य रेशम बहादुर वि. क. डुबृङ स्वास्थ्य चौकीका प्रमुख पुर्ण बहादुर बुढाको सहभागीता रहेको थियो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा १३ वटा आमा समूहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
वडा सदस्य खिमबहादुर घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव भागवत घिमिरेले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।