काठमाडौं,२९ मंसिर । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतिय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन सार्वजनिक भएको छ । आयोगले माध्यमिक तहको एक हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले मंगलबार सूचना प्रकाशित गरेको छ ।
नयाँ विज्ञापन अनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।