• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ब्यवसाय सचेतना तथा सामाजिक समावेशीकरण तालिम गैरामा सम्पन्न




मनोज पुन
होलेरी , २९ मंसिर । ब्यबसाय सचेतना,ब्यवसाय सुरु एवं लैङगीक समानता तथा सामाजिक समावेशीकरण तालिम गैरामा सम्पन्न भएको छ । सीप सिकौ,उद्यमी बनौ,आर्थिक विकासमा टेवा पुर्याउ भन्ने मुल नाराको साथमा ब्यबसाय सचेतता,ब्यवसाय सुरु एवं लैङगीक समानता तथा सामाजिक समावेशीकरण सम्वन्धी तालिम रोल्पाको रुन्टीगढी गाउँपालिका ७ गैरामा मंगलवार सम्पन्न भएको हो ।


रुन्टीगढी गाउँपालिकाको आयोजनामा ८ दिने तालिममा करिव ३० जना स्थानीय नागरिकहरुको सहभागिता भएको थियो ।
रुन्टीगढी गाउँपालिका अन्तर्गत गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमले संचालन गरेको तालिमको उद्देश्य स्थानीय स्तरमै उत्पादन भएका कच्चा पर्दाथलाई प्रयोग तथा प्रशोधन गरेर विक्रिजन्य बस्तुको निमार्ण गरी बजारीकरण गरी स्थानीय नागरिकको आयआर्जनमा वृद्धि गर्ने लक्ष्य भएको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमका फोकल पर्सन रुपेश अधिकारीले बताउनुभएको छ ।
कार्यक्रममा बोल्ने स्थानीयहरुले सीप सिकेर ब्यवाहारमा लागु गरी आत्मनिर्भर बन्ने कुरा बताउदै यस्तो काममा स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताएका छन्।
साझा लघुउद्यम विकास समुहका अध्यक्ष गोपाल घर्ती अध्यक्षता एवं रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष बुढाले यो तालिमको उद्देश्यनै सीप सिकेर आत्मनिर्भर बन्ने भएकोले निम्न वर्गीय स्थानीय नागरिकहरुले दिएको सीपलाई ब्यबहारमा लागु गरि आत्मनिर्भर बन्न अनुरोध गर्नुभएको थियो । सीप तथा क्षमताविकास कार्यक्रममा स्थानीय सरकार सधै सकारात्मक भएको उहाँले बताउनु भएको छ । कार्यक्रमको सहजीकरण गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमका सहजकर्ता कल्पना थापाले गर्नुभएको थियो ।

Facebook Comments