होलेरी, २९ मंसिर । रुन्टीगढी गाउँपालिकामा तीन दिने स्वास्थ्य स्वयंसेबिका रिफ्रेसर तालिम शुरु भएको छ । पालिकामा मंगलबार एक कार्यक्रमकाबीच पालिकास्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको लागि तीन दिने रिफ्रेसर तालिम शुरु गरिएको हो ।
तीन दिनसम्म चल्ने स्वास्थ्य स्वयंसेबिका रिफ्रेसर तालिमको उद्घाटन रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले गरेको गाउँपालिकाले जानकारी दिएको छ ।
रुन्टीगढी गापाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष छ्माया पुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत झग्गु केसी ,लेखा शाखाबाट गोपाल पोख्रेल ,स्वास्थ्य शाखाका प्रमुख गणेश बुढालगायको आतिथ्यता रहेको थियो ।
उक्त तालिममा पालिकास्तरका करिब २० जना महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति रहेको पनि पालिकाले जनाएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।