• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल बैंकद्धारा महेन्द्र क्याम्पसका विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण




घोराही, २८ मंसिर । नेपाल बैंक लिमिटेडले विद्यार्थी र दम्पत्तीहरुलाई लक्षित गरि नयाँ बचत खाता कार्यक्रम ल्याएको छ । बैंकको दाङ शाखाले सोही कार्यक्रमका बारेमा जानकारी दिन मंगलबार महेन्द्र बहुमुुखी क्याम्पस भरतपुरमा वित्तिय साक्षरताको कक्षा सञ्चालन गरेको छ । व्यवस्थापन तर्फ बिबिएसमा अध्ययनरत २ सय जना बढी बिद्यार्थीहरुको उपस्थितिमा बिद्यार्थीलाई लक्षित गर्दै ल्याएको शुभ ज्ञान बचत खाता तथा दम्पत्तीहरुका लागि ल्याएको सहयात्री बचत खाताको बारेमा र समग्र बित्तीय साक्षरताका विषयमा अभिमुुखिकरण गरिएको बैंकले जनाएको छ ।


विद्यार्थी र दम्पतीहरुले नेपाल बैंकमा खाता खोल्दा लागि विभिन्न सेवा उपलब्ध पाउने भएका छन् । जसमा विद्यार्थीका लागि शुन्य ब्यालेन्समा खाता खोल्न सकिने, नेपाल टेलिकमको प्रिपेड मोबाइल सिम निःशुल्क, नेपाल बैंकको मोबाइल बैंकिङ एप चलाउदा एक वर्षसम्म इन्टरनेट निःशुल्क गराइने लगाएका सेवाहरु उपलब्ध छन् भने दम्पतिका लागि न्यूनतम पाँच सयमा खाता खोल्न सकिने, नेपाल टेलिकमको प्रिपेड मोबाइल सिम निःशुल्क, नेपाल बैंकको मोबाइल बैंकिङ एप चलाउदा एक वर्षसम्म इन्टरनेट निःशुल्क गराइने लगायतका थुप्रै सेवाहरु उपलब्ध रहेका छन् ।

बदलिदो समयमा बित्तीय कारोवार अनिवार्य र अपरिहार्य बन्दै गएकाले बित्तीय जानकारी सबैलाई हुनुुपर्ने भएका कारण विद्यार्थीलाई अभिमुुखिकरण गरिएको बैंकका शाखा प्रबन्धक सरोज उपाध्यायले जानकारी दिए । एमविएस संकायका संयोजक किशोर पोख्रेलको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा बैंकका सहायक शाखा प्रबन्धक राजु रानाक्षेत्रीले बित्तीय साक्षरताको महत्व र विद्यार्थी एवं दम्पत्तीले पैसा बचत गर्दा त्यसले दिने लाभका बिषयमा जानकारी गराए ।

कार्यक्रममा क्याम्पसका व्यवस्थापन संकायका प्रमुख केशवकुमार आचार्य, विविए संयोजक राम थापाले वित्तिय कारोबारका बारेमा सबैलाई ज्ञान हुनुपर्नेमा जोड दिदै बैंकले गरेको कार्यक्रम प्रभावकारी बनेको बताए ।कार्यक्रममा बैंकका कर्मचारीहरु सुरज अर्याल, सन्दीप रजौरे लगायतकाले आर्थिक बचतले जीवनमा पुु¥याउने सहयोग र वित्तिय साक्षरताले दिने फाईदाका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएको सजय पाण्डेले जानकारी दिए । नेपाल बैंकको लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गतका सबै शाखामा यो कार्यक्रम आज एकैसाथ यो कार्यक्रम संचालन गरिएको बताईएको छ । कार्यक्रमको सहजीकरण बैकका कर्मचारी संजय पाण्डेय ले गर्नु भएको थियो ।

Facebook Comments