घोराही । दाङमा कोइलाखानीमा च्यापिएस एक मजदुरको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१ मा रहेको पशुपति कोइलाखानी भित्र काम गर्ने क्रममा घाइते भएका घोराही उपमहानगरपालिका १९ का ४६ वर्षीय भक्तबहादुर घर्तीको मृुत्यु भएको हो ।
खानीभित्र कोइला खन्ने क्रममा घाइते भएका घर्तीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।