घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाले पुस १ गतेदेखि ४ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो स्थपना दिवस मनाउने भएको छ । महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा आइतवार बसेको बैठकले पुस १ गतेदेखि ४ गतेसम्म विविध कार्यक्रमहरुको आयोजना गरि स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
जस अनुसार पुस १ गते रक्तदान कार्यक्रम, २ गते बंगलाचुलीमा मिडिया सम्मेलन, ३ गते पत्रकार महासंघ दाङको वेवसाईड सार्वजनिक र ४ गते पुरस्कार वितरण तथा स्थापना दिवस बिशेष कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ दाङ शाखाले जानकारी दिएको छ ।
स्थापना दिवस मनाउनका लागि विभिन्न समितिहरु गठन गरिएको छ । जसअनुसार अध्यक्ष दुर्गालाल केसी संयोजक रहेको उपाध्यक्षहरु बसुन्धरा गौतम र सन्तोष सुवेदी सदस्य रहेको पुरस्कार छनोैट समिति, सचिव आर.के.शीतल संयोजक रहेको सह–सचिवहरु दशरथ घिमीरे र दिप्तीशिखा चौधरी सदस्य रहेको स्थापना दिवस कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ ।
त्यसैगरी कार्यसमिति सदस्य उदय बिसी संयोजक रहेको सदस्यहरु दुःखहरण यादव र गिरिराज नेपाली सदस्य रहेको मञ्च व्यवस्थापन समिति, शिवराज खनाल संयोजक रहेको अञ्जना चौधरी र उमा भण्डारी सदस्य रहेको स्वागत सत्कार समिति गठन गरिएको छ ।
बैठकले रेडियो स्वर्गद्धारीमा कार्यरत सञ्चारकर्मी रामसिंह विश्वकर्मा दुबै मृगौला फेल भई हाल मानव अंग प्रत्यारोपण केन्द्र सहिद धर्मभक्त किड्नी ट्रान्सपलान्ट सेन्टर दुधपाटी भक्तपुरमा उपचारत रहेकाले उनको उपचारका लागि सहयोग अभियान सुरु गर्ने निर्णय समेत गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।