• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ दुर्घटनाका मृतकको पहिचान खुल्यो




दाङ, २६ मंसिर – दाङको तुलसीपुरबाट कपुरकोट जाँदै गरेको यात्रुबहाक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तीनजनाको मृत्यु भएको र अन्य १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका वडा नं. ४ निवासी ४८ बर्षीय प्रेमप्रकाश शर्मा, सोही ठाउँका ४६ बर्षीय सौनी घर्ती र ४६ बर्षीय कर्णबहादुर खड्का रहेका छन् ।

आईतबार अपरान्ह ४ बजेतिर तुलसीपुर ३ सिरखोला नजिकै दुर्घटनामा परेको हो । गाडीको आफै ‘स्टार्ट’ बन्द भएर ब्रेक नलाग्दा दुर्घटना भएको हो । रा १ ज ४३८ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

Facebook Comments